Skip to content

म कहाँ हराउनु र ?

  • by

म कहाँ हराउनु र ? नेपथ्य्यमा हेर्दै थिएँ
गजब लाग्यो तिम्रो नाटक र त दिलमा कोर्दै थिएँ

चिन्नु थियो तिम्रो रंग जहाँ म घोल्नु थियो
विश्वासको पर्खाल देखे मनको कुरा खोल्नु थियो
मुखै मात्रै रहेछ तिम्रो र त यो मन सेर्दै थिएँ
गजब लाग्यो तिम्रो नाटक र त दिलमा कोर्दै थिएँ

खोजी हिंडे जस्तो गर्छौ दुई दिन ओझेल पर्दा पनि
थाहा भो आज हेर्ने छैनौ दोबाटोमा मर्दा पनि
तिम्रो विश्वास मर्यो र त जिउँदै कात्रो बेर्दै थिएँ
गजब लग्यो तिम्रो माया र त यो गीत कोर्दै थिएँ

म कहाँ हराउनु र ? नेपथ्य्यमा हेर्दै थिएँ
गजब लाग्यो तिम्रो नाटक र त दिलमा कोर्दै थिएँ

राजेश रुम्बा लामा ‘अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *