Skip to content

बानी उस्तै नानी उस्तै

  • by


बानी उस्तै नानी उस्तै चकचकेको पायौ विल्ला,
मानिसहरू आजभोलि गर्ने गर्छन् तिम्रो गिल्ला ।

कहाँबाट आयौ तिमी कहाँ जाने सुर कस्यौ ?
नाम के हो काम के हो कुन हो भन तिम्रो जिल्ला ?

फ्रुस्रो तिम्रो हाँसो देखेँ लत्पतिएको ओँठ माथि,
एना हेर्दै धसि रह्नछौ गालामा ती क्रिम चिल्ला ।

नक्कल सारै पार्नु पर्ने राम्री उस्तै बन्नु पर्ने,
जथाभावी नहिँड है पाए देखि सिङ्गै निल्ला ।

तरुनीको हुँदैन र ? बैंशमा त स्याल नि घोर्ले,
उताउली नवन है बुढेसकालको गोरु मिल्ला ।

राजेश रुम्बा लामा ‘अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *