Skip to content

मधुपर्क २०६७ असार

KaliPrasadRijal

अवकाशप्राप्त समय

  • by

कुनैबेला अरवी घोडाजस्तै
फर्दवाल दौड्ने समय
अहिले आएर
चिप्लेकीराजस्तै
घिस्रिरहेछ !
के भएको होला
यो घामलाई पनि ?

जेन कवितामा कवि कृष्ण प्रसाईं

  • by

जापानी हाइकु र तान्काहरूका सादृश्य कोरियाली शैलीका जेन कविताहरूमा ढाँचागत बारबन्देज कम भएकोले कविताहरूमा बौद्धिक र वैचारिक आग्रह एवं भाव प्रखररूपमा परिलक्षित भएको पाइन्छ । कवि प्रसाईंको जेन कविताहरूमा मुटु र मस्तिष्क, भाव र विचार अनि यथार्थ र दर्शनका गणितीय सन्तुलन रहेको छ ।

आत्मपरकताको उत्कृष्ट नमुनाः निबन्ध विशेषाङ्क

  • by

निबन्ध साहित्यकै कान्छो विधा हो, आत्मपरकता झनै कान्छो होला । सिर्जनात्मक लेखनमा सबभन्दा गाह्रो लेखन आत्मपरक निबन्ध लेखन नै हो । हुन त लेख्नेहरूले आत्मपरकताका नाममा प्रशस्तै लेखेका देखिन्छन् तर मनमुटु छोएर मनै जित्ने रचना लेखिएका कमै देखिएलान् । एक त अनुभवको क्षितिज वृद्ध नभई निबन्ध लेखिँदैन ।

एउटा बूढो पहाड

  • by

मेरो छातीमा कान्लाकान्ला बनाउछौ । कहिले तिमी गरागरा बनाएर भटमास र फापर बुक्र्याउँछौ । अदुवा र अलैचीहरू ख्रोस्रन्छौ, कोतछौँ । बेहिसाव, बेलगाम ख्रोसी रहनेछौ, कोपरीरहन्छ्यौ मेरा पिठ्यूँहरू । तिमीलाई मिठो सपना बाँडिरहन्छु, अर्थात् तिमी बेचिन्ता निदाइरहन्छ्यौ ।

नेवारीमा विद्यावारिधि गर्ने युरोपेली महिला

  • by

युरोपेली विद्वानहरूले नेपालसम्बन्धी अध्ययन, अनुसन्धान १९औँ शताब्दीदेखि नै गर्दैआएको देखिन्छ । उनीहरूको अध्ययन, अनुसन्धानको क्षेत्र नेपाल भाषा, नेपाल भाषा साहित्य (विशेष गरी नेवारी गीत), नेपालका जनजाति, रीतिथिति, कला, संस्कृति, धर्म, राजनीतिक इतिहासको अध्ययन आदिमा देखिन्छ ।

नेपाली संस्कृतिः जात्रा र परम्परा

  • by

विश्वमा नेपाल एउटा यस्तो देश हो जहाँ दिनहुँ कुनै न कुनै जिल्ला, सहर र गाउँमा कुनै न कुनै चाडपर्व, मेलापात र जात्राहरू भई नै रहेका हुन्छन् । भनिन्छ, नाचगानको सहर भक्तपुरमा मात्रै वर्षभरि कुनै न कुनै ठाउँमा, कुनै न कुनै चाडपर्व, मेला तथा जात्राहरू हुने गर्दछन् । ठीक त्यसरी नै नेपालको मिथिला प्रदेशमा पनि प्रत्येक महिना कुनै न कुनै चाडपर्व मनाइन्छ ।

बदलिरहेका विषयहरू

  • by

निबन्ध साहित्यभित्रको मौनताले आज यो विधाका सबै रचनाकारहरूलाई नयाँ किसिमले लेख्न आहृवान गरिरहेको छ । के यो आहृवानअनुसारका निबन्धहरू लेखिएलान् ? अलमल र उल्झनहरू प्रशस्त छन् ।

अनुभूतिको महायात्रा

  • by

जीवनमा आगमन हुने अनगिन्ती रङहरूमा सधैँ मौसम एकैनासको नहुनु अस्वाभाविक छैन । परिवर्तन त ऋतु आगमनको सङ्केत मात्र होइन, ऋतु बिदाइको संयोग पनि हो । रिमझिम रिमझिम वर्षाद्मा पानीसँग संवाद गर्दाको पललाई कुनै सुन्दर स्वप्न देखेजस्तै रूपमा आकषिर्त हुन सकिन्छ भने हिउँदको कठ्याङ्ग्रिंदो जाडोमा सबैलाई रापिलो घामको चाह हुन्छ नै, म पनि कुनै अपवाद होइन ।

केही प्रचलित लोकविश्वासहरु

  • by

लोकले मान्दै आएको परम्परागत विश्वास नै लोकविश्वास हो । हरेक मानव समुदायमा कुनै न कुनै प्रकारको विश्वास रहेको पाइन्छ । यस्तो विश्वास स्थान, जातजाति-भाषाभाषी र संस्कृतिअनुसार भिन्नभिन्न प्रकारको हुनेगरेको पाइन्छ । कुनैकुनै विषयमा भने धेरैतिर यस्तो विश्वासमा समानता रहेको पनि भेटिन्छ ।

सम्झनामा एक आत्मीय अग्रज

म काठमाडौँ आएको मदन उपाध्याय दाइको निम्तोमा रहेछ । त्यो पचास वर्षभन्दाअघिको कुरा हो । मलाई लिन कलकत्तामा रित्तै हवाइजहाज लिएर आउने पाइलट रमेश, उहाँको भाइ त माध्यम मात्र रहेछन् । मलाई भन्डैझन्डै गलहत्याएर ल्याउनु परेको कारण चैँ उही सधैँको ‘ज’ पछिको ‘झ’ थिएछ । सबैभन्दा पहिले मदन दाइलाई मैले २००६ सालको हिउँदमा देखेको हुँ ।

नेपाली उपन्यासको बजार र प्रतिनिधि सन्दर्भहरू

  • by

वि.सं. २००२ सालमा समालोचनाको सिद्धान्त लेख्तै गर्दा यदुनाथ खनालले नेपाली साहित्यमा जस्तो उपन्यासले स्थान लिन नसकेको देखेका थिए तर आज ६५ वर्षपछि उनी भइदिएका भए पक्कै पनि भन्ने थिए होलान् नेपाली साहित्य पढ्नु भनेको उपन्यास पढ्नु भएको छ । हो, आजभोलि साहित्यका पाठक भनेका उपन्यासका पाठक भन्ने कुरा स्थापित हुन थालेको छ ।