मधुपर्क २०६७ असार
नेपाली संस्कृतिः जात्रा र परम्परा
विश्वमा नेपाल एउटा यस्तो देश हो जहाँ दिनहुँ कुनै न कुनै जिल्ला, सहर र गाउँमा कुनै न कुनै चाडपर्व, मेलापात र जात्राहरू भई नै रहेका हुन्छन् । भनिन्छ, नाचगानको सहर भक्तपुरमा मात्रै वर्षभरि कुनै न कुनै ठाउँमा, कुनै न कुनै चाडपर्व, मेला तथा जात्राहरू हुने गर्दछन् । ठीक त्यसरी नै नेपालको मिथिला प्रदेशमा पनि प्रत्येक महिना कुनै न कुनै चाडपर्व मनाइन्छ ।
अनुभूतिको महायात्रा
जीवनमा आगमन हुने अनगिन्ती रङहरूमा सधैँ मौसम एकैनासको नहुनु अस्वाभाविक छैन । परिवर्तन त ऋतु आगमनको सङ्केत मात्र होइन, ऋतु बिदाइको संयोग पनि हो । रिमझिम रिमझिम वर्षाद्मा पानीसँग संवाद गर्दाको पललाई कुनै सुन्दर स्वप्न देखेजस्तै रूपमा आकषिर्त हुन सकिन्छ भने हिउँदको कठ्याङ्ग्रिंदो जाडोमा सबैलाई रापिलो घामको चाह हुन्छ नै, म पनि कुनै अपवाद होइन ।
सम्झनामा एक आत्मीय अग्रज
म काठमाडौँ आएको मदन उपाध्याय दाइको निम्तोमा रहेछ । त्यो पचास वर्षभन्दाअघिको कुरा हो । मलाई लिन कलकत्तामा रित्तै हवाइजहाज लिएर आउने पाइलट रमेश, उहाँको भाइ त माध्यम मात्र रहेछन् । मलाई भन्डैझन्डै गलहत्याएर ल्याउनु परेको कारण चैँ उही सधैँको ‘ज’ पछिको ‘झ’ थिएछ । सबैभन्दा पहिले मदन दाइलाई मैले २००६ सालको हिउँदमा देखेको हुँ ।
नेपाली उपन्यासको बजार र प्रतिनिधि सन्दर्भहरू
वि.सं. २००२ सालमा समालोचनाको सिद्धान्त लेख्तै गर्दा यदुनाथ खनालले नेपाली साहित्यमा जस्तो उपन्यासले स्थान लिन नसकेको देखेका थिए तर आज ६५ वर्षपछि उनी भइदिएका भए पक्कै पनि भन्ने थिए होलान् नेपाली साहित्य पढ्नु भनेको उपन्यास पढ्नु भएको छ । हो, आजभोलि साहित्यका पाठक भनेका उपन्यासका पाठक भन्ने कुरा स्थापित हुन थालेको छ ।
- « Previous
- 1
- 2
- 3

कुनैबेला अरवी घोडाजस्तै