Skip to content


छिटै नै आँउछु भनेर गएको
निर्दयी आएन फर्केर ।
वाचा त्यो सम्झेर आँखा यी रसाइ
दुख्छ नि यो मन चर्केर ।

डुब्ने भो मेरो मायाका तारा
गहिरो दहमा ।
रुझ्ने भो मेरो चाहना सारा
ओसिलो गहमा ।

सुसाइरहेछ एकनास आँधी
मेरो चारै सूर ।
विझाइरहेछ हररात छाती
हुँदै चूरचूर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *