Skip to content

मधुपर्क २०६७ असार

आउँदैछन् हिसाब माग्न……

  • by

तिमीले दिएको आश्वासनको तिउन-आशाको ढिँडोसँग
विश्वासघातको अचार नमज्जाले मिसायौ है !
तिमीले देखाएका नयाँ सपनाहरू साँच्न नपाउँदै
उही पुरानो नमिठो थप्पडले फेरि बिउँझायौ है ।

देखेको छु

  • by

बिहानी घामका किरणहरू जस्तै मन कहिले लालिमायुक्त आभा लिएर
इच्छा आकाङ्क्षाहरूका स-साना गोरेटाहरू पहिलाउन
उन्मुक्त भावनाका पखेंटा
उन्दै गर्ने गरेको देखेको छु ।

इन्क्लेभ

  • by

भलै मानिस चरा होइन, मनको चाहनाअनुसार फुत्त पखेटा फट्फटायो जहाँ चाहृयो त्यहाँ पुगिहाल्यो गर्नसक्ने यद्यपि उसका चाहना भने कम हुँदैनन् । ऊ पनि दुई गोडा चल्ने बेलासम्म मन लागेपछि घरको सङ्घारबाहिर निस्केर कहाँ-कहाँ पुगिहाल्छ । गोडाले नभ्याउने हुँदासमेत चाहेको ठाउँमा जान मन लाग्यो भने के गर्ने भनेर अन्य साधनहरू साइकल, रिक्सा, गाडी, रेल, हवाइजहाज आदिजस्ता कुराको आविष्कार गरेको छ । यी कुराहरू प्रयोग गरेर त मानिस चराभन्दा पनि टाढा पुग्नसक्ने भएको छ । त्यसैले अबको अवस्थामा मानिसले चरा हुन पाए हुन्थ्यो भन्नुको सट्टा चराले मानिस हुन पाए हुन्थ्यो भन्छ होला- घुम्ने सन्दर्भमा ।

अँध्यारो/उज्यालो

छोराको तेह्र दिने काजकिरिया हिजो मात्र सकियो । घरमा आउने-जाने मानिसको हूल अब रहेन, बिहान एकछिन तेह्र दिनभरि भएको खर्चको हिसाब-किताब सम्झाउन छिमेकी नरेशमान आएको थियो । ऊ पनि गएपछि बूढा दिनभरि आफ्नो कोठाबाट बाहिरै निस्केनन् । साह्रै खुम्चेजस्तो, हातखुट्टै कक्रिएजस्तो भएपछि बेलुकीपख भने उनी एक्लै टहल्न भनेर बाहिर निस्के ।

पुष्टि कसरी गर्ने ?

  • by

विशेष अदालतको अगाडि एउटा एकतले घर भग्नावशेषरूपमा ठडिएको थियो । इजलासमा बसेको समयमा आँखा त्यस घरमा पुग्दा न्यायाधीशका मनमा लाग्दथ्यो – ‘यो घर कसको होला ?’ तर त्यो घर वर्षै दिनमा एकाएक छ तलेमा परिणत भयो ।

हजुरबा !

  • by

एकदिनको कुरो हो । मलाई एकाबिहानै नारायणगोपाल चोकसम्म जानुपर्ने काम पर्‍यो । यसैले म नयाँ बानेश्वरको बस बिसौनीमा गएँ र नेपाल यातायातको डल्ले बस चढेँ । देख्नमा डल्लो भए पनि प्रशस्त मानिस कोच्न र यात्रुहरू ओर्लन वा उक्लन नपाउँदै दु्रतगतिमा घुइँकिन अभ्यस्त त्यस बसलाई देख्दा त्यतिबेला मलाई च्यान्टेघोडाको सम्झना आएको हो । संयोगकै कुरा हो, त्यस दिन त्यो डल्ले बस केही होलो थियो । मेरो पहिलो पाइलो जसै ढोकाको खुड्किलोमा पर्‍यो, बस चलिहाल्यो । म भने होर्ल्याङ्पाटा खेल्दै पछाडिको एउटा खाली सिटमा थेचारिन पुगेँ ।

सम्बन्धविच्छेद

  • by

अदालत परिसरमा सायद अन्तिम भेट हो उनीहरूको । श्रीमान्को अनुहारमा विजयको खुसीयाली अनि एउटा बहुप्रतिक्षित उन्मुक्तिको आभाष झल्केको प्रस्टै देखिन्छ तर श्रीमतीमा भने न पाउनुको खुसी छ न त गुमाउनुको पीडा नै । मानसिकता एक प्रकारले शून्यप्रायः छ । केही वर्षको वैवाहिक जीवनपश्चात् श्रीमान्ले ऊबाट छुटकारा खोज्यो । एउटी शिक्षित र समझदार नारी हुनाले निकै सोचविचारपछि उसले पनि स्वीकृति दिई। किनकि, उसलाई राम्ररी थाहा थियो जीवनमा सहयात्रा तबसम्म मात्र कायम रहन्छ जबसम्म आपसी विश्वासको बन्धन रहन्छ । देखावटी सम्बन्धभन्दा सम्बन्धविच्छेद नै उपयुक्त लाग्यो उसलाई ।

विष्णुमतीका किनारामा

  • by

कति वर्षदेखि एउटै टोलमा बस्दै आए पनि ती र म नदी वारिपारिका बासिन्दाजस्तै थियौँ भन्दा पनि हुन्थ्यो । कतैतिर भेट हुँदा एकले अर्कालाई पुलुक्क हेरेर एक धर्सो मुस्कान खेलाउँदै दुगुर्नु नै पर्याप्त हो जस्तो हामी जिइरहेका थियौँ । बितेर गएका सयौँ-हजारौँ दिन असमर्थ भइरहेका थिए हाम्रो धूमिल आकाशमा सूर्यको उज्यालो छिराउन र एउटा आत्मीय संवादमा हामीलाई अभिमुख, उत्सुक गराउन तर आज कुन साहसले हो कुन्नि तिनले मलाई लक्ष्य गर्दै भने- ‘आउनुहोस्, सँगै बसेर चियासिया खाऊँ ।’