श्रीओम रोदन
लयात्मक गीतिसङ्ग्रह
गीत पढ्नेभन्दा सुन्ने सिर्जना भए पनि अहिले दृश्य माध्यमहरूका कारण गीत सुन्नेभन्दा हेर्ने सिर्जनाझैँ बन्न थालेको छ । जे भए पनि गीत आफैँमा पूर्ण विधाभने होइन । गीतमा सङ्गीत र स्वरको सङ्गम भएपछि मात्रै गीतले जीवन्तता र पूर्णता प्राप्त गर्न सक्दछ । यद्यपि गीतहरूको सङ्ग्रह प्रकाशन गर्ने होड भने बढ्दो छ । यही क्रममा चूडामणि देवकोटाको गीतसङ्ग्रह ‘मनका हरफ’ प्रकाशित भएको छ ।
मार्मिक निबन्धसङ्ग्रह
नेपाली साहित्यमा विभिन्न विधामा एकसाथ कलम चलाएर पनि सफल बनेका स्रष्टा हुन् कृष्ण धरावासी । कथा, उपन्यास, कविता, समालोचना, निबन्ध विधामा उनको उपस्थिति बलियो रहेको छ । वि.सं. २०४८ मा ‘बालक हराएको सूचना’ निबन्धसङ्ग्रहबाट कृतिकारका रूपमा परिचित भएका थिए उनी । ‘नारीभित्र त्यस्तो के छ हजुर’ र ‘उत्तमजङ सिजापतिको आलु’ पनि उनका चर्चित निबन्धसङ्ग्रह हुन् । हालै अठारौँ कृतिको रूपमा ‘आँधी नआउने घर’ निबन्धसङ्ग्रह प्रकाशित भएको छ ।
सभ्यता
“घर-आँगन सफा छैन, सडक, खेत त मलमुत्र त्याग गर्ने ठाउँ नै भइहाल्यो । जनस्वास्थ्यप्रति अलिकति पनि ध्यान दिन नसकेका गवाँरहरू “सहरमा नआइकन कसैले सभ्यता पनि नसिक्ने भए” तराईको एउटा गाउँबाट फर्किएपछि एनजीओ मास्टरले साथीहरूसँग कुरा गरे तर रिपोर्टमा भने गाउँमा स्वास्थ्यसम्बन्धी चेतना फैलाउन जागरण कार्यक्रम, गोष्ठी, सम्मेलन गर्नुपर्ने र केही अगुवाहरूलाई काठमाडौँको अवलोकन भ्रमण गराउनुपर्ने लेखे ।
साहित्यिक पुरस्कार र पद्मश्रीको शाख
बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भएपछि भाषासाहित्यको क्षेत्रमा दिइने पुरस्कार र सम्मानको सङ्ख्या अकल्पनीय रूपमा बढेका छन् । व्यक्तिगत रूपमा पुरस्कार दिने परम्परा निकै अघिदेखि चल्दै आएको भए पनि संस्थागत रूपमा भने वि.सं. २०१० बाट सुरु भएको पाइन्छ । नेपाल भाषाका साहित्यकारहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले पाटनका उद्योगपति एवं समाजसेवी स्वयम्भूलाल श्रेष्ठले स्थापना गरेको ‘श्रेष्ठ सिरपा’ पुरस्कार नै नेपालको पहिलो पुरस्कार हो ।
तत्कालीन राज्यव्यवस्थाको दस्तावेज
साहित्य र राजनीति दुबै क्षेत्रमा स्थापित भएका धेरै साहित्यकार राजनीतिक नेतृत्वमा पनि छन् । जसमध्ये प्रदीप नेपाल दुबै क्षेत्रमा विशिष्टता हासिल गर्न सफल स्रष्टा हुन् । ठूलो पार्टीको नीति निर्माण तहको हैसियत राख्ने नेपाल पटकपटक मन्त्रीसमेत भइसकेका छन् । उनी साहित्यमा कथा, उपन्यास, नियात्रा, संस्मरण आदि विधाका तीन दर्जन कृतिका स्रष्टा हुन् । ‘बन्दीगृहका सिर्जना’ उनको पछिल्लो संस्मरण र सिर्जनाहरूको संयुक्तसङ्ग्रह हो ।
पारदेशमा
भीडमा एक्लो हुँदा कस्तो हुन्छ? अनुभव नगर्ने धेरै कम होलान्। एक्लो भएर एक्लो हुँदाको अनुभव पनि नहुने कुरो भएन।
यी दुईमध्ये कुनले बढी सताउँछ होला? भीडमा एक्लो हुनुलाई अरूसँग मिल्न नसक्नु भनेर बुझ्नुपर्ला कि? कि चाहेर एक्लिनुको मजा अर्कै हुन्छ भनेर? अचेल विश्वभरि यसको बहारजस्तै आएको छ। ध्यान गरेर संसारबाट मात्र होइन, आफैँबाट पनि एक्लिने। तर, एक्लो भएर एक्लिनुचाहिँ पीडादायी नै हुन्छ। मौन कारागारजस्तो।
खाडीको दर्दनाक कथा
“गोर्खा आश्राङका रेसम रोकाय जमेलियाको मरुभूमिमा गधा जोतिरहेका छन् भने नवलपरासीका शोभाकान्त लामिछाने भेडा चराइरहेका छन् । धादिङका किशोरकुमार सुवेदी कार वास गरिरहेका छन् भने तेह्रथुमका तुलसी भट्टराई गाउँमा आफ्नो पिताको निधनको खबर पाएर पनि बिदा नपाएकोले काममै लागिरहेका छन् । स्याङ्जाका तिलबहादुर सुनार ५० दिराममा मान्छेको तौल जोख्ने मेसिन झोलामा बोकेर हिँडिरहेका छन् भने गोरखाका जुनबहादुर रानामगर दिनराम भुलेर करेसाबारीमा लसुन रोपिरहेका छन् ।”
समुच्च विचारको नारीवादी कविता
नेपाली साहित्यमा करिब दुई दर्जनजति साहित्यिक आन्दोलनहरू आइसकेका छन् । जसमध्ये नारीमाथि केन्दि्रत वा नारीद्वारा घोषित कुनै साहित्यिक आन्दोलन वा अभियान आउन सकेको छैन । हुनसक्छ, यही अभावलाई पूर्ति गर्ने उद्देश्यले नारी समानता र स्वतन्त्रताको उद्घोष गर्दै कवयित्री दीपा एवाई राईले समुच्च विचारको प्रतिपादन गरेका छन् । उनले समुच्च साहित्य/विचार शृङ्खलाको रूपमा अर्धवृत्त कवितासङ्ग्रह प्रकाशित गरेका छन् ।
श्वेत सलाम !
श्वेत सलाम ! यो कुनै अभिवादनको अर्थमा होइन । गर्नैपरे आफ्नै परम्परा छन् । फरक भएर गर्नेहरू लालसलाम नै भन्छन् तर यो जसले पायो त्यसले गर्दैन र जसरी पायो त्यसरी पनि गरिँदैन । अलिकति भए पनि राजनीतिको चन्दन दलेपछि मात्र लालसलाम गर्ने प्रचलन छ । यसको शैली पनि आफ्नै प्रकारको छ । दाहिने हातको मुठी कसेर कानको छेउछाउसम्म दह्रोसँग उठाएपछि मात्र भन्न मिल्छ लालसलाम ।
थोराङलाः जीवनको खर्च नहुने कमाई
पाँचौँ गन्तव्यको रूपमा हामी मनाङ पुग्यौँ । यहाँ कार्यक्रम गर्ने कुनै योजना थिएन तर मन्त्री भोलि काठमाडौँ र्फकन लागेकोले विमानस्थलमा नै कार्यक्रम गर्ने व्यवस्था मिलाइसक्नुभएको रहेछ रमेशजीले । हामी बसेको होटलबाट विमानस्थल नजिकै थियो । मनाङ जिल्लाको विमानस्थल भएकोले नेताहरू, कर्मचारीहरू, विदेशीहरूलाई ओहोरदोहोर गराउने अखडा बनको रहेछ हुम्दे ।
नचढेर भेटिएको सगरमाथा
हो, मैले सगरमाथा चढिन तर मेरो हृदयले सगरमाथालाई छोयो । हो, यस्तै लाग्यो मलाई । जब म हिमाली दृश्यहरूको अवलोकन उडानबाट अवतरित भए । त्रिभुवन विमानस्थलमा रोकिएको बुद्ध एयरको विमानबाट ओर्लन लाग्दा सुन्दरी एयर होस्टेजले अभिवादन गर्दै प्रमाणपत्र दिएको थियो । सगरमाथा नजिकै बुद्ध एयरको विमानको फोटोसहितको प्रमाणपत्र ।
