Skip to content

मधुपर्क २०६७ असोज

मेरो कविताको शक्ति

  • by

तिम्रो बमभन्दा धेरै संहारक छ
मेरो कविताको शक्ति
यसको निशाना अचुक छ
यसले ताकेको गोलीले
सीधा शत्रुको छाती भेदन गर्छ

त्यो रात

रात छिप्पिदो थियो सायद चुक घोप्टिएझैँ गरी । तपाईंको कोलाहलमय सहरमा वल्ल ध्वनि प्रदूषणको मत्थरताले स्थान पाउँदै थियो होला । हो त्यहीँ समय एकादेशको कुनै सहरको एक कुटीमा मलाई छिटो पुग्नु थियो ।

युद्धरत एक रात

  • by

बितेको पल । नफर्किएको हिजो । ढलिरहेको वर्तमान । रोकिन्छ कसरी ? खोला कहीँ गतिहीन हुन्छ र ? १२ वर्षमा खोला फर्किन्छ रे । उखान चलेकै छ । आखिर भ्रम रहेछ सब । खोलो फर्किंदो रहेनछ । यो जीवन दुरुस्तै खोला । यांवत बगिरहेछ ढलिरहेछ सकिरहेछ रितिरहेछ छोट्टरिहेछ ।

पराई आमा

बिहान चारै बजेदेखि यहाँ फूल बेच्नेको लाम भइसक्छ । जतिसुकै जाडो या गर्मी होस्, दर्शनार्थी बिहानै धेरै हुने हुँदा यो समय फूल-व्यवसायीको महत्त्वपूर्ण समय हो । दिउँसो नभ्याउनेहरू पनि बिहान यहाँ फूल फिँजाएर बसेका हुन्छन् ।

”बहिनी, फूल दिनोस् न ! धूपबत्ती र प्रसाद पनि राखिदिनोस् है !”

ढुलमुले चोक

  • by

”एकाबिहानै आँखा मिच्दै निस्केको मान्छे । खाना खान पनि वास्ता छैन, कहिल्यै बेलामा खान जाने होइन । उही झोल धोक्न पाए पुग्यो । चामल किन्ने भनेर हजार राखेकी थिएँ । अहिले सिरानीमुनि हेर्दा त छैन । होइन, पैसा राखेको ठाउँबाट गन्ध नै आउँछ जसरी जता राखे पनि चट् पार्ने ! कस्तो नराम्रो बानी हो । उता फिस तिर्न बाँकी रहेकोले बच्चा जाँच नै दिन पाइन्न भन्दै रुँदै थियो । बल्लबल्ल फकाएर स्कुल पठाएँ । रोएर कत्रो विलाप, कत्रो मुस्किल पर्‍यो स्कुल पठाउन । घर व्यवहारपट्ट ित अलिकति पनि चिन्ता छैन, खाली धोकेर हिँड्न पाए भयो । रक्सी भए पुग्ने भएपछि रक्सीसँग बिहे गरेको भए हुने नि ! किन बनाउनु परेको परिवार ?” एउटी आइमाई कड्केर बाझिरहेकी थिई ।

मञ्जरी दिदी !

  • by

पुष्पालाई एक वर्षदेखि देख्दै आएको थिएँ । बोलचाल पनि धेरै पटक भएकोले क्यान्टिनमा सँगै खाना पनि खाएका थियौँ । हप्तामा दुई पटक जति भेट हुन्थ्यो पुष्पासित । उनी पनि हाम्रै फ्याकल्टीमा पढ्थिन् पहिलो वर्षमा । म भने तेस्रो वर्षमा ।

मभन्दा दुई वर्षअघि मेडिकल पढ्न आउनुभएकी मञ्जरी दिदीले एकदिन पुष्पालाई मनिर ल्याई-”मेरी बहिनीजस्तै हो, धेरै कुरा बुझ्दिन भन्छिन्, त्यसैले बेलाबखत फुर्सद भएको समयमा उसलाई पढाइदिनुहोला” भन्नुभयो ।

म डाक्टर भइनँ

  • by

मान्छेको जस्तै संसारको पनि भाग्य हुन्छ भन्ने कुरा अब प्रस्ट भइसकेको छ । संसारलाई न त विश्वयुद्धले बदल्न सक्यो नत विश्व क्रान्तिले ।

मान्छे के ले सञ्चालित छ त, संसारजस्तै, सृष्टि के हो, प्रलय ?

पूर्वका तारा थिए भवानी घिमिरे

  • by

बारीमा मकैका बोटहरू मौलाएर बढेको सानो जङ्गलजस्तो थियो-हाम्रादेखि पल्लोघर । इँटाभट्टा वालाले भाडामा लिएका थिए । भट्टा भने त्यस घरबाट अलिपर आग्नेय कोणमा थियो । मजदुरहरूको कार्यक्षेत्र त्यही भए पनि अर्थमन्त्रालय भुक्तानी तथा कोष तहबिल शाखाझैँ थियो त्यो घर । पछि त्यो इँटाभट्टा भद्रपुरका प्रख्यात साहित्यकार तथा पत्रकार एसएल शर्माले पनि साझेदारीमा केही दिन सञ्चालन गर्नुभयो । मैले उहाँलाई एकपटक हजुरले भट्टाको कारोवार रहरले कि करले ?

सिमभञ्ज्याङ, मलाई माफ गर !

  • by

“सायद अर्कोपल्ट सिमभञ्ज्याङ जान्नँ।”

“हिउँ नपरूञ्जेल मलाई पनि त्यस्तै लाग्थ्यो ।”

उसले मेरो गम्भीरतामा कटाक्ष प्रहार गर्‍यो । सहेँ निरूत्तर भएँ । सायद उसले मलाई नबुझी सतही उत्तर दिएको थियो । कारण खोज्नतर्फ पनि लागेन ऊ । सम्झ्यो होला- उसको विरक्ती एकै वर्षमा शून्य हुन्छ । यसको उदासीनता क्षणिक हुन्छ । यसको आक्रोस अन्त्य हुन्छ । मलाई जान्नेहरू यसै भन्छन् ।

पुस्तक समीक्षाका सन्दर्भमा

  • by

नेपालमा लोकतन्त्रको प्राप्तिपश्चात पुस्तक प्रकाशनका क्षेत्रमा स्वर्णयुग नै आएको छ भन्दा यथार्थताको नजिक पुगेको मान्न सकिन्छ । दिनहुँजसो हुने विमोचन तथा समीक्षा गोष्ठीहरूले पनि यो तथ्यको पुष्टि गर्दछन् । स्कुल, कलेज तथा विश्वविद्यालयका पाठ्यक्रम र सरकारी अर्धसरकारी संस्थानहरूले लिने प्रतियोगितात्मक परीक्षालाई हेरेर निकालिएका पुस्तकहरूको त कुरै छाडौँ ती बाहेक लेखक तथा प्रकाशकका रुचि अनुसारका अन्य पुस्तकहरूको पनि प्रकाशन सङ्ख्या बढ्दो छ ।

जातभातभित्र बाआमासँग

  • by

मेरी आमा म र दुई दाजु क्षेत्री हौँ । घरका अरू सदस्य ब्राहृमण (बाहुन) थिए ।

बाबुले दुई विवाह गर्नुभएको थियो । मेरी आमा (जेठी) क्षेत्रिनी र कान्छी विमाता बाहुनी । सानी आमा पाठककी छोरी हुनुहुन्थ्यो । हामीलाई भने दुई आमाका बीचमा भेद थिएन, दुवै एउटै आमाजस्तो लाग्थ्यो । उहाँहरूमा सार्‍है नजिकको व्यावहारिक सम्बन्ध पनि थियो । मातृत्वको शीतलता र सुखद छहारी बटुल्दै हामीले एक प्रकारको अभिन्न र आफ्नोपनको अनुभव बटुल्यौँ । आमाहरूले हामीलाई जन्म दिनुभयो, पालनपोषण गर्नुभयो । कर्मको शिक्षा भने बुबाले नै दिनुभएको थियो ।

विश्व साहित्ययात्राका आठ दिन

  • by

दक्षिण कोरियाको सोलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हामीलाई स्वागत गर्न आइपुगेका कोरियालीहरूको स्वागत देखेर पुलकित बनेका हामी तिनैले बिदाइ गर्दा विमानस्थलमा भक्कानिएका थियौँ । अवरुद्ध गला र रसाएका आँखा जति लुकाउन खोज्दा पनि सकेका थिएनौँ । न चिन्नु, न जान्नु अर्काको देशको नागरिकप्रति पनि यत्ति माया र सद्भाव हुँदोरहेछ ।

अक्षरमा रमाउने कवि अब सम्झना मात्र

  • by

वि.सं. २०६७ जेठ २५, साविकझैं बिहानको भात खाएँ । बाहिर कौशीमा बसी बिहानभरि घुमेर आउँदा किनेर ल्याउने गरेका पत्रिका पल्टाएँ । पहिलो पेज थोत्राबासी र नेताहरूका त्यही राजनीतिक कुरा, त्यही अडान, त्यही ढ्वाङ् ठटाइ, त्यही धम्की, त्यही घुर्की र गन्थनदेखि सबिस्तार हेर्दै जाँदा अन्तिम पेज पल्टाउने बित्तिकै देब्रे कुनाको (भ्रम नहोस् एकताका कुनै दलको मुखपत्रमा एक शीर्ष कविले ‘देब्रे कुना’ नामक कोलम लेख्ने गर्नुहुन्थ्यो) माथि नै एक शीर्षकमा आँखा पर्‍यो- ‘उपेन्द्र रहेनन् ।’

मायालु दाजु कृष्णचन्द्रसिंह प्रधान

  • by

हिमानी पत्रिकाको मुखपृष्ठजस्तो सुन्दर मुहार थियो उहाँको !

मलाई हिमानी पत्रिका निक्कै नै मन पथ्र्यो पढ्न पनि, त्यसभित्र हुन पनि । एकताका कृष्णचन्द्र दाइ त्यो पत्रिका लिएर हिँड्नुहुन्थ्यो । म सधैँ त्यसभित्र हुन रहर गर्थें । एक समयमा त्योभित्र हुनु भनेको नेपाली साहित्यको एउटा कालखण्डभित्र हुनु हुन्थ्यो ।