Skip to content


एउटा फूलको संसार
सागरको संसार
अनि जूनको संसार
एउटा पूर्ण संसार
आजैका दिनबाट तिम्रो नाममा
बिताउन चाहें मैले ।
भूल गरेँ या सही
छुट्याउने जिम्मा तिमीलाई दिएँ
तिम्रो नाममा लेख्न मन लाग्यो मनका चाहहरू
खुलेर गाउन मन लाग्यो हृदयका भाकाहरू ।
मैले लाख कोसिस गरेको हो तिमीलाई भुल्न
कैयौँ दिन बिताएँ मानिसका भीडमा
तर सकिनँ,
फेरि मनको कुनामा एउटा अध्याय पल्टियो
मैले नसम्झी धरै पाइनँ
तिम्रो अनुहार पढिरहेको छु ।
मलाई थाहा छ,
तिमीलाई पनि त्यस्तै भएको छ ।
तिम्रो मनमा पनि उकुस-मुकुस बाटिएका छन्
बोल्न खोजिरहेछन् आँखाहरू
खुल्न चाहिरहेछन् अधरहरू
मुस्काइरहेछ तिम्रो हृदय ।
म भ्रममा छैन
एऽ नव आगन्तुक,
तिम्रो आगमनको प्रतीक्षामा
नजर बिछ्याएको छु
आशा छ,
शुभकामनाको शिखा बालेर
धड्कनभित्र उज्यालो छर्नेछौ
त्यसैले तिम्रो भरोसामा यो जिन्दगी बिताउन चाहें मैले
यो आकास, यो धर्ती,
आजैका दिनबाट तिम्रो नाममा
अर्पिदिन चाहेँ मैले ।

– धादिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *