Skip to content


परहित गर्ने, जनहित गर्ने
नियमित राम्रा, सतबिज छर्ने
अबसर ल्याऊँ, सुदिबस ल्याऊ
दिल खुश पारौँ र बिजय छाऊ ।

सुख सुविधाका सुमधुर बाजा
नवनीत खोजौँ हरचीज ताजा
कलितम फ्याकौँ झलमल पारौँ
दीपक बालौँ, फलफूल सारौँ ।

शुभ कुन भन्ने अनुभवबाट
सब जन गर्छौ अब शुरुवात
मिलिजुली बस्छौँ प्रवीण बिचार
बिन्ती छ हाम्रो यही छ पुकार ।

-लमजुङ, चन्द्रेश्वर-१, दुराडाँडा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *