Skip to content


खैरो खैरो लोखर्के
उफ्रि उफ्रि आयो
पोहोरसम्म सानो थियो
ऐले ठूलो भयो ।

खुरुरुरु गरेर
यताउति दौडन्छ
रुखैरुख चढेर
आनन्दमा पौडन्छ ।

कैले बाँसघारीमा
कैले मकैबारीमा
पुग्छ जुँगा मुसार्दै
समातेर दाह्रीमा ।

“अल्छी बन्नु हुन्न है”
भन्ने सन्देश दिन्छ ऊ
पढ गुन नानी हो
ज्ञानी बन” भन्छ ऊ ।

गल्ती गर्नु हुँदैन
आरोपले छुँदैन
पीर चिन्ता नगर
चलाऊ है जाँगर ।

मुना २०६७ माघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *