Skip to content

मधुपर्क २०६८ असार

जापानी हाइकुकवि मासाओका शिकि र उनका कविता

  • by

जापानको हाइकु कविताका महारथी मानिएका चार कविहरूमा माचुओ वाशो, मोसा कुसोन, कोवायासी र इस्सापछिका मासाओका शिकि सबभन्दा पछिल्ला र आधुनिक हाइकु कविहरूमा पहिला मानिन्छन् ।

तेजपुरको सेरोफेरो र ब्रहृमपुत्रको घेरो

  • by

वि.सं. २०६४ सालको कात्तिक एक प्रकारले मेरा लागि यात्राकै लागि समर्पित भएजस्तै भयो । दसैंको ठीक अगिल्तिर गरिएको पूर्वोत्तर भारतको भ्रमणले लाएको काउकुती साम्य हुन नपाउँदै दसैंको टीका थापेर हामीले सुरु गर्‍यौं-पूर्वाञ्चल भारतको असम राज्यको यात्रा ।

नेपाली नाटकमा महिलालेखन

  • by

नेपाली साहित्यमा अन्य विधाका तुलनामा नाटकको लेखन कमै भएको पाइन्छ । यस क्षेत्रमा महिलाको सक्रियता निकै कम देखिए पनि निराशै हुनुपर्ने स्थिति चाहिँ छैन । हालसम्म प्राप्त जानकारीअनुसार नेपाली एकाङ्की नाटकमा महिलाको प्रवेश राधिका रायाको ‘जीवनको इच्छा’ (भारती, ७/७, सन् १९५४) शीर्षक एकाङ्कीबाट भएको देखिन्छ ।

दुख्छ मुटु

  • by

दुख्छ मुटु जाँची हेर्दा भन्छन् मलाई केही छैन
मनमा चोट लाग्यो हजुर घाऊ कतै देखिँदैन
टाढा बस्छयौ भनुँ पनि सधैँ आँखा जुधि रा’छ
तर्न खोज्यो सकिँदैन नदी भने बगिरा’छ ।

एकै चित्त बनोस् अब

  • by

हाम्रा यी दुइटै हात कर्म गर्न जुटाउँला
हाम्रो देश मिली आफैँ माथि-माथि उठाउँला
नसोचे हुन्छ बैरीले कप्टी पासा लडाउँला
हामी यो देशका लागि ज्यानैसम्म चढाउँला ।

तीन मुक्तक

कहिले रुन्छ कहिले हाँस्छ, कहिले गुन्गुनाउँछ मान्छे
सुख खोज्न कहिले यता, कहिले उता धाउँछ मान्छे ।
सुख सयल मोज भन्नु केवल मृगतृष्णा रे’छ,
मजा खोज्दा-खोज्दै एक दिन, मृत्युलाई पाउँछ मान्छे ।

आज कोइली कराएन

  • by

आज कोइली कराएन किन वनभरि
निराशाले छायो होला तिम्रा मनभरि
तारेभीरमा घाम लागे गैरी खेत छायाँ
छातीभरि गहिरियो मायालुको माया