दुख्छ मुटु जाँची हेर्दा भन्छन् मलाई केही छैन
मनमा चोट लाग्यो हजुर घाऊ कतै देखिँदैन
टाढा बस्छयौ भनुँ पनि सधैँ आँखा जुधि रा’छ
तर्न खोज्यो सकिँदैन नदी भने बगिरा’छ ।
तिम्लाई देख्दा लाग्छ मलाई सारा संसार मेरै
तिम्रोजस्तो कञ्चनमाया कहाँ पाउनु धेरै
काली गोरी जे भएनि दिलै तिम्रो राम्रो
यस्तै यस्तै माया बसोस् नछुटोस् है हाम्रो
न त तिमी टाढा रहृयौ न त नजिक तिम्रो भए
हाम्रा सारा दिन रात एक्ला एक्लै बित्तै रहे
भनुँ भने कता भनुँ ठाउँ अझै पाइन मैले
यता जाऊ कि उता जाऊँ दोबाटो मै परे अहिले
मधुपर्क २०६८ असार
