Skip to content

थाहा छैन कहिलेको हिसाब छोडी गयो

  • by


थाहा छैन कहिलेको हिसाब छोडी गयो
जिन्दगीले टेबलमा किताब छोडी गयो ।

आकासबाट दिन र रात गर्नेहरूलाई
जूनकीरीले सानो यौटा जबाब छोडी गयो ।

हिउँजस्तो सम्बन्धमा लाग्न थाल्यो आगो
उसले जब मुस्कानको दबाब छोडी गयो ।

क्रूर मुटुभित्र फुल्यो सिर्जनाको फूल
चेतनाले हेर कस्तो प्रभाव छोडी गयो ।

वर्षौंदेखि कुरिरा’छु त्यही रातलाई
झसिमिसेमा जसले रातो गुलाब छोडी गयो ।

मधुपर्क २०६८ असार

Leave a Reply

Your email address will not be published. Required fields are marked *