Skip to content

मान्छेभित्र अझै जङ्गल जीवित छ

  • by


मान्छेभित्र अझै जङ्गल जीवित छ
र त पाइलैपिच्छे ऊ विभाजित छ ।

दुनियाँ बदलियो भन्नु मात्र हो
पुरानै दुःखले जो कोही आजित छ ।

किताब लेख्न जनावरले जान्दैन
यसै कारण मानिस सम्मानित छ ।

ब्याटरी सकिएपछि ऊ चुप लाग्नेछ
अहिले रिमोटबाट सञ्चालित छ ।

अरुलाई दोष दिने बानी नराम्रो
मान्छे आफ्नै कर्मबाट प्रताडित छ ।

विराटनगर-४

मधुपर्क २०६८ असार

Leave a Reply

Your email address will not be published. Required fields are marked *