Skip to content


आज देश टुक्रिँदैछ, किनार भत्कँदो छ
लोत्तिरहेछन् डाँडा, हिमाल लच्कँदो छ ।।

हरियाली कक्रिँदैछ, पहरा खस्कँदो छ
सुकिरहेछन् नदी, धरती धस्कँदो छ ।।
सहकाल फेरिँदैछ, अभाव पस्कँदो छ
घटिरहेछन् बाली, अकाल मस्कँदो छ ।।

छलछाम चुलिँदैछ, विश्वास घस्कँदो छ
मरिरहेछन् आशा, हृदय चस्कँदो छ ।।
खुसीयाली मेटिँदैछ, वेदना लस्कँदो छ
फुलिरहेछन् गला, आलाप झस्कँदो छ ।।

मधुपर्क २०६८ असार

Leave a Reply

Your email address will not be published. Required fields are marked *