Skip to content


एक्लो जीवनमा
बाँच्नेहरूको
निराशालाई हेरेँ
मलिन अनुहारका
परेलीहरूलाई हेरेँ
परेलीभित्र छरिएका
प्रतिविम्बित आकृतिहरूलाई हेरेँ
आकृतिभित्र छरिएका
छायाँहरूलाई हेरँें
मभित्रको छट्पटाहट र उकुसमुकुसतालाई हेरेँ
छट्पटाहटबाट छलाङ मार्ने
प्रकृतिलाई हेरेँ
पीडैपीडाले जेलिएको
एक्लो जीवनलाई हेरेँ
अनि
यिनै हेराइको हरेक कथाका
पानाहरू पल्टाउँदै हेरेँ

एक्लो जीवनलाई
दिन र रातसँगै
साट्ने कोसिस गरिरहेँ ।

मधुपर्क २०६८ असार

Leave a Reply

Your email address will not be published. Required fields are marked *