Skip to content

कविता

मेरा कुरा

  • by

आज म मेरो सेरोफेरोको कुरा गर्छु
म मेरै कुरा गर्छु
गाउँ अनि बस्तीको कुरा गर्छु
जनयुद्धका सुराहरूको कुरा गर्छु
ती गरिब मानवको हकहितको कुरा गर्छु

आज धेरै पिएँ

  • by

हो आज मैले धेरै धेरै पिएँ
‘अलि’ भन्दाभन्दै निक्कै धेरै पिएँ
करले होइन
आज रहरले पिएँ
नत कुनै खुशी थियो
नत कुनै दु:ख
पिउने आदत छोड्छु भन्दाभन्दै
आज झन धेरै पिएँ

आफ्नै अस्तित्वमा

  • by

पाइला निरन्तर बढिरहेकै छन्
लक्ष्य तैपनि अदृश्य नै छ ।
हातहरू निरन्तर खटिरहेकै छन्
पेट तैपनि भोकै छ ।
संघर्षहरू निरन्तर चलिरहेकै छन्
विभेद तैपनि बढ्दो छ ।

माझीदाइ डुङ्गा खियाइदेऊ

  • by

माझीदाइ डुङ्गा खियाइदेऊ
लौन मलाई स्कुल पुर्‍याइदेऊ ।
फेवापारि स्कुल छ फेवापारि गाउँ
साना साना हात-पाइला म कसरी जाऊँ ।

यहाँ कहाँ आई पुगेँ म ??????

कहाँ म त्यों स-ह्रृदयी मुस्कानहरू र हाँसो हरु बिर्सेर !
कहाँ यहाँ पराय अनुहारहरू को भिडमा एक्लै !
जहाँ मुस्कान हरु बनावटी अनुहारमा सिमित हुन्छ !

श्रद्धाञ्जली

  • by

तिमी हिमाल हेर्दै
कति खुशी हुन्थ्यौ
तश्वीर टाँसेर भित्तामा हेर्दै
कत्ति रोमाञ्चित हुन्थ्यौ तिमी
शायद सोच्दथ्यौ होला
म पनि हिमाल जस्तै शुन्दर हुन पाउँ
हिमाल जस्तै अग्लो हुन पाउँ
आज तिम्रो यो इच्छा पूरा भएकोछ
तिमी शुन्दर अग्ला हिमालसितै
एकाकार भएका छौ ।

तारा

तारासंग आकाशभरि फैलेको उज्यालो आयातन छ
आनन्दका आकर्षण र कल्पनाको अनन्त गहिराइ छ
यसैको खोजिमा उसंग म घरिघरि कुरा गर्छु र सुन्छु
उ त मेरो संगीतको ताल र सूरको खोजीमा पो रहेछ । `

हामी नेपाली

  • by

नेपाली नेपाली हामी नेपाली
मधेसी होस् वा जनजाति हामी नेपाली
दलित होस् वा तागाधारी हामी नेपाली
हिमाल पहाड तराइ माटोको रङ्ग एउटै छ
शर्मा या शेर्पा, थारु या राइ रगतको रङ्ग एउटै छ ।