साचेको माया कसरी म भुल्न सक्छु र
तिमी नै भन उनेको
माला सिन्दूर र पोते कसरी
चुडाउन सक्छु र ?
तिमी भन्छौ छोडिदेऊ मलाई
तोडी देऊ नाता बिर्सी देऊ
त्यो माया सक्छु सक्दिन
थाहा छैन !
थामेको हात कसरी म छोड्न
सक्छु र ?
तिमी नै भन गाँसेको
प्रीत कसरी म तोड्न सक्छु र ?
– धनकुटा, हाल ः दोहा,कतार
