Skip to content

कविता

मान्छे भई बाँच

  • by

मान्छे तिमी, मान्छे भई बाँच
छाती तन्काई, स्वाभिमान साँची बाँच
सच्चाइको अखण्ड वत्ती, निरन्तर बाली बाँच
उही स्वर्ग तिमी छुने, दृढ सङ्कल्प लिई बाँच ।

मलाई किन छ प्रतिक्षा तिम्रो

  • by

मेरै छेउ हुँदै जान्छ हिंड्ने बाटो तिम्रो
थाह छ मलाई तर म लक्ष्य होइन तिम्रो
तै पनि मलाई किन छ प्रतिक्षा तिम्रो

न आउँदा तिमी कहिल्यै मन त्यसै अत्तालिन्छ
सन्चो पो भएन कि भनी पिरोलिन्छु साह्रै
यति धेरै मलाई किन छ माया तिम्रो

माटो बोक्ने चाहियो

  • by

आओस् जे पनि देशभित्र जन हो त्यो शान्ति नै चाहियो
भौँतारी कति हिँड्छ मानव यहाँ भन्दै त्यही चाहियो
पार्ने त्यो मन नै खुसी भई नीलो आकाश नै चाहियो
त्यस्तो स्वच्छ हावा र निर्मल जलै पृथ्वी त्यही चाहियो ।

विषालु साँपले डसेपछि

  • by

विषालु साँपले डसेपछि
जलनहरु आगोका फिलिङ्गा भएर
आकाशबाट वैरिरहे
मैले टेक्ने ठाउँसम्म मात्र होइन
असीमित सीमाहरुसम्म
यत्रतत्र फैलिए
सास फेर्दा यी भित्र पसे

एक जोडी आँखाहरु

शव्दहरूमा केही नबोली मूक आँखाले नै
धेरै कुराहरू बोल्ने ती एक जोडी विचित्रका आँखाहरू
यदाकदा मेरा सपनीहरूमा आउने गर्छन्
लज्जा र सङ्कोचले गर्दा कानमै सुटुक्क साउती गर्न खोजेझैं
ती एक जोर आँखाहरू होशियारका साथ दायाँ वायाँ हेर्ने गर्छन्

तिमी छौ, त्यसैले म छु

(प्रणय कविता)

के तिमीलाई थाहा छ?
म किन यहाँ छु
तिमी छौ यहाँ त्यसैले ।
मेरो अस्तित्वको
शुरुआत तिमीदेखि
र अन्त्य पनि तिमीमै ।
तिमीविनाको म
मेरो छुटटै पहिचान
मेरोलागि कल्पनातीत छ ।

तिमी आमा बनेर आउनू

अर्को जन्ममा विश्‍वास गर्छ्यौं कि गर्दिनौं
यदि गर्छ्यौं भने
तिमी आमा बनेर आउनू
एउटी स्नेहकी प्रतिमूर्ति आमा बनेर आउनू
जसको न्यानो काखमा
म हरपल लडिबूडी खेलेर
आफ्नो अपार प्रेमको
निश्‍चिन्त रूपमा अभिव्यक्त गर्न सकूँ।