Skip to content

छन्द कविता

मन

मन चन्चल घेरै नै नभ थल धुमीकन,
क्षणमा आउँने गर्छ नयाँ सृष्टि गरीकन।

सवैको मनले गर्छ काम त अविराम नि,
नमाने तनले गर्न स्मृतिमा रहला पनि।

मनको दास बन्दै छ तन पनि सदै भरी।
बुद्धिले हुन्न भन्दै छ गर्छ तन मनै परी ।

बखान यसको लेख्न छैन कलम कागज,
घोट्नु यी कति औँला नै सक्दिन लेख्न भन्दछ ।

भू्कम्पकाे स्मरण

त्रासदीले सतायो
हाम्रो धेरै नराम्रोे पहुँच हुन गई पालमै सुत्न थाल्यौं ।
छोराछोरी रुँगेरै प्रभुपद सबका आसमै बस्न थाल्यौं
झन् त्यो बेला धरामा अतिशय कटिलो त्यो पराकम्प आयो ।
खै के भन्ने तुरुन्तै छिन छिन मरिने त्रासदीले सतायो ।।
होम सुवदी

भमराको बिलौना

फूलका बाटिकामा ती तिर्खाई जब पुग्दछन्
भ्रमर नै उडाएर तिनका रस चुस्दछन् |
पीडिल भमराको त फिराद सुन्द को छ र ?
निर्धाहरू मरेको त कसले देख्दनै छ र ?

गोपीका बीच शंकर

सबैका मनका प्यारा, स्यामा-श्याम छिपेर नी,
प्यारा उनी सबैका यी , हेरौँ के के हुँदै छ नी ।

हास्य सागर ठूला, छद्मभेषी निकै उनी ,
नारी पुरुष के हुन् , चिनिदैन कसै पनी ।

नारीको भेषमा कैले, उनैका भीडमा पसी,
लीला विविध गरेर, रमाउँछन् भनौँ कति ।

द्वापरमा पुगे एक, ती नारीरूप सुन्दर
रासलिला भए ठाउँ, गोपीका बीच शंकर ।

जोगीको भेषमा माग्ने, मन्दिरमा बसेर नै,
महात्मा पनि बन्नेनी, गुरु छेउ बसेर नै ।

स्नेह मिलन योगीको, आयोजना भयो जब,
बाटिका बीच सांखूको, सलम्बुमा गए सव ।

बनको बीच बाटैमा, देवीस्थान सलम्बुमा,
मेलम्ची पथको धूलै, धूलो पर्दछ मार्गमा ।

बाटैमा सुन्दरी आइन्, लिफ्ट मागिन् उनी सित,
साथैमा कारमा राखी हाँके गाडी खुसी सित ।

योगसाधक योगीले. कारमा सुन्दरी भनी,
नचिनेकी उनीलाई साथै राखी गुडे उनी ।

योगीको मनमा कैँयौँ , खेले कति कुराहरू ,
स्वर्गकी अप्सरा हुन् कि , गोपिनी श्यामकी भनु ।

इन्द्रकी उर्वशी हुन् कि, तपस्वीकै शकुन्तला,
गाडी रोकी किनी ल्याए, ख्वाए फोकेर सुन्तला ।

खाल्टाखुल्टी पथैमा नि, उफार्छ कारले घरि,
योगीको तन उफ्रेर, ठोकिन्थ्यो नि घरिघरी ।

सलम्बुको बनै भित्र, एकान्त बन बीचमा,
घुमीमाथि पुगेपछि, रोकियो कार चौरमा ।

पहिले आफु उत्रेर, ढोका खोलेर हातले,
हात जोडी झुकेर नै, उत्रन उनले भने ।

ढलल्क ठल्कँदै नानी, नारी बीच गई बसिन्,
झलक्क झल्कने रूपै, आकर्षण उनी बनिन् ।

बासन्ती बाटिका त्यही , थियो मिलन योगमा,
साधक साधिका धेरै , उमंग नाचगानमा !

उर्वशी नै उनी रैछन् , थालिन् नाच्न उनी पनि,
नाच्दानाच्दै लुगा फुस्क्यो, मूर्छै परे सबै अनि ।

बल्ल चिने सबैले नै , श्याम दाइ भनीकन,
छ शुभ कामना धेरै, कलाकार अझै बन ।

चैत्र १०, २०७४ ।

आमा – २

रोकिएको यहाँ छैन आमाका आँसुका भल
पुत्र राघवमा दैव गरेछौ तिमीले छल ।।
आमा झैं आँसुको धारा अरुको के चुहुन्छ र
आफ्ना सन्ततिका लागि आमा झैं अरु हुन्छ र ।।

पुत्रपुत्रीहरुलाई ज्यान छाडी सघाउँछन्
आफू भोकै यता बस्छन् रित्तै पेट अघाउँछन्
आमा हुन् को छ आमाको विकल्प दुनियाँ भरी
आमाको स्मृतिमा झर्छन् मेरै आँसु घरी घरी ।।

होम सुवेदी

शुभकामना – पचहत्तर सालको

शुभ छ कामना धेरै, पचहत्तर साल भरी,
नरनारी सवै हामी, शुखी रहौँ सदैभरी।

प्रार्थना एक गर्दै छु, दीर्घायु बन मानव ,
योगमन्त्र बुझौँ हामी, नियमित गरौँ सव।

योगधारा अविच्छिन्न, निरन्तर बगी रहन्,
प्राणायाम निरन्तर्नै, श्वास धारा चली रहुन्।

खस्दछन् तल

दक्षिण उत्तर पश्चिम् खेलाडी खेल्दछन्  यहीँ,
खेलाडी बिक्दछन् हाम्रा, विधर्मी  बन्दछन्  यहीँ।

सानै मैदान हाम्रो यो बलिया उनका बल,
खेलाडी बलिया हुन्ता, उफ्रँदा खस्दछन् तल।

गुरु शिष्य विनोद

स्नेह मिलन योगीको, वार्षिक चाड भन्दछन् ,
ऐले त मुख खोलेरै, मनका भाव भन्दछन् |

गुरु किशोर साठीनै, हुँदा पनि किशोर नै,
उपस्थिति यता छैन, देशभन्दा विदेश नै ।

हुन्छ खान सकेसम्म काँचा फलभए पनि,
नखाउ रस्बरी भन्दै मुन्टै बटारने पनि।

गुरु हाम्रा निकै ज्ञानी फलपाई रमाउने,
कचौरा दिनमा तीन ,मात्रमा नै अघाउने ।

लग पाउ आकाशमा ,शिरले टेक भूमिमा,
सक्छौ जति तिमी गर्न थाके सुत जमीनमा।

मुख उज्वल चम्केको पूर्णेको जून जस्तो नै,
बाग्मती अभियन्ता यी डुल्छन् देश विदेश नै।

शुभकामना नववर्षकाे

आऊन् जीवनमा मिठा पलहरु फर्केर हामीसँग
जाऊन् जीवनका तिता पलहरु तर्केर हामीसँग
यो हाम्रो नव वर्षमा प्रगतिका सम्भावना फर्कियून्
गौरीशङ्कर शान्तिका कणहरु नेपालमै छर्कियून् ।।

नववर्ष शुभ नै शुभ होस्

अव देश बनोस् अति वेश बनोस् ।
म त वाँच्छु रही यहि देश भनोस् ।।
नमरुन् कलिला महिला नढलुन् ।
सब मानिस यी विधिसाथ चलुन् ।।

घर गोठ सबै भरिपूर्ण हवोस् ।
ढिकुटी पनि त्यो परिपूर्ण रहोस् ।।
हटि भोक र रोगहरु दुर होस् ।
जन साधन दुर्घटना नपरोस् ।।

सागरको निमन्त्रण


सागरको निमन्त्रण
हिमाल शिर हो अग्लो खडा उच्च बिशाल छ,
हिन्द सागर भन्दै छ पाउको मल फाल्नु छ।

मल सवैज फाल्ने छु सफा धोएर पाउ नि,
श्वासै थुनी दिएको हूँ माफ माग्दछु बिन्ति नि!

खोलै खोला उकाली नि उक्ली चढेर माथि नै,
समुन्द्री जलले राम्रो घुन्छु पाउ त माथि नै ।

ठेलम् ठेल हुने छैन आउ रेल चढेर नि,
फर्कौला जल यानैमा हेरी दृश्यावली पनि ।

निमन्त्रण छ आजै नि सागर माथिका सवै,
सागरमा नुहाएरै जानुहोला घुमेर नै ।

२०७४ चेत २७!

आत्म तत्व

बिन्दु-बिन्दु मिली रेखा ,रेखा-रेखा मिलेर नै,
बने अक्षर शास्त्रका,अक्षर योग शब्द नै।

शब्द विच्छेद गर्दा नै, अक्षर छुट्टिने सव,
अक्षर छुट्टिएमा नै , रेखा छुट्टै हुने तव।

रेखा विच्छेद गर्दा त, बिन्दु अनेक बन्दछन्,
एक बिन्दु भए धेरै, सूक्ष्माति सूक्ष्म बन्दछन्।

एउटा तीललाई नै, लाख भाग लगाउँदा,
भागफल हुने मात्र, विज्ञलाई जँचाउँदा ।

त्यसको पनि आधाज,फालौँ आधा गरेर नै,
बँच्ने शेष बुझौँ हामी, आत्म तत्व भनेर नै।
२०७४।१२।२॰। क्रम संख्या २०५५५

लुकायौ रूप किन


नील गगनकी तारा,
साथै शशिसमेत नै,
बादलको पछ्यौरी ओडी,
लुकायौ किन रूप नै ?

पूर्णेँकी जून साथैमा ,
गयौँ लिई कतातिर?
जुनकिरी अगाडी सरे,
चम्केरै नि यतातिर ।

तिमी हामी मिलेनैत ,,,

शीत ताप मिलेनैत , बसन्त तव फूल्दछ ।
तिमी हामी मिलेनैत , प्रेमको रस बग्दछ ।

घाम पानी मिलेनैत , फूल फूल्दछ सुन्दर ।
ढुँगा माटो मिलेनैत , पहिरो जान रोक्दछ।

नर नारी मिले नैत, सृष्टीको क्रम चल्दछ।
सवै हामी मिलेनैत, शुख शान्ति हुने छत ।

आगो पानी मिलेनैत , रसिलो रस पाक्दछ ।
कुनैएक बढी भए , अनिष्ट पनि बढ्दछ।

पशु हत्या निशेधैको बनाऊ ऐन सांसद


बनौँ मानव मान्छे हो, यो विश्व भर आज नै,
हिंसक नबनौ हामी , अहिंसक बनौँ न है ।

नगरौँ जीवहत्या है, कर्तव्य मानिसै बनी
जीव जन्तु सबैको नि, हकाधिकार हो भनी।

जितको अर्थ

नेपाल देश यो सानो, मैदान खेलको भयो
यौटाले गोल हान्दैछ, अर्को ठुलाे हुदैगयो
१

खेलाडी खेल्दछन् खेल, जित्छु भन्दै हतारिदै
सबै जित्ने महूँ भन्दै, खेल्दै गर्छन् जताततै
२

UniCamera_20180202111900

साथि

सँधै साथ देऊ, हिया मा बसेर।
न भै निष्ठुरी त्यो, कलेजा डसेर।
हुनै पर्छ साथी, सुदामा र कृष्ण।
र अर्की दिवानी,छ मीरा र कृष्ण।।१।।

कसोरी भनौं खै,तिमी पास आयौ।
र यो मित्रताको, ऋणी जो बनायौ।
म रोएँ भनेनी, तिमी आँशु पुस्छौ।
अनौठो छ नाता, सँधै साथ हुन्छौ।।२।।

दुखेको पिडामा, भयौ ओखती जो।
बनेछौ सँधै याँ, मिठो औषधी जो।
तिमी सारथी हौ, सहारा तिमीनै।
असाद्धै छ माया, प्रियात्मा तिमीनै।।३।।

ति हाम्रा हजारौं,मिठा याद प्यारो।
न तिर्खा न भोकै, यही साथ प्यारो।
बिरानो न होऊ, कहिल्यै म बाट।
खुशी पाउने छौ, जहिल्यै म बाट।।४।।

पिङ्गल छन्द :- भुजङ्गप्रायत

पन्चेन्द्रीय

दृश्य आँखा दुवैबाट तान्दछन् आफुतर्फ नै ,
ध्यानाकर्षण गर्दैछन् कर्ण शव्द सुनेर नै ।

गन्धले नासिका गर्छ आकर्षित उतैतिर ,
जीभ्रो चुर्लुम्म स्वादैमा डुबेको छ रसैतिर ।

कोमलस्पर्श भन्दैछ त्वचा शरीरका सवै,
ज्ञानका श्रोत पन्चै यी सहयोगी बनुन् सवै ।

कैलालीकाे अातङ्क

अाशै छाडें अब मुलुकमा हुन्छ केही भनेर
खै के बाँचौं नरपशुहरुबाट बाेक्सी बनेर

पापी मान्छेसँग कति झुकौं बढ्छ उल्टै निरासा
राधा रुन्छिन् वरपर सयौं कृष्ण हेर्छन् तमासा ।।

शेष : ब्रह्म-आत्मा


स्नान गर्न नदीमा नै गएका सज्जनै थिए,
शीला विशाल देखेर आश्चर्य चकितै भए।

शीला विशाल ठूलैज रहेछ तटमा कुनै,
देखे गणेश भक्तैले अडिए टक्क नै उनै।

शीलामा देखिएको के भनेनन् उनले अधि,
गरे मल सवै साफ झुकेर दर्शनै पनि ।

बाहिरी पत्र खुर्केर अनावश्यक फालिए,
सर्व पूजित गौरीका पुत्र गणेश देखिए ।

फाले आफ्नो सवै दोष बँच्दछ शेष जे जति,
त्यही बन्दछ आफैँ नै ब्रह्म-आत्मा-कुनै पनि ।