अाशै छाडें अब मुलुकमा हुन्छ केही भनेर
खै के बाँचौं नरपशुहरुबाट बाेक्सी बनेर
पापी मान्छेसँग कति झुकौं बढ्छ उल्टै निरासा
राधा रुन्छिन् वरपर सयौं कृष्ण हेर्छन् तमासा ।।
कैलालीमा शिवशिव हरे भित्रिएको कलङ्क
देख्दा सुन्दा पनि किन यसै गल्दछन् अङ्ग अङ्ग
कस्तो गर्ने नरपशुहरुबाट जीवन्त अाशा
राधा रुन्छिन् वरपर सयौं कृष्ण हेर्छन् तमासा ।
होम सुवेदी
