
बिन्दु-बिन्दु मिली रेखा ,रेखा-रेखा मिलेर नै,
बने अक्षर शास्त्रका,अक्षर योग शब्द नै।
शब्द विच्छेद गर्दा नै, अक्षर छुट्टिने सव,
अक्षर छुट्टिएमा नै , रेखा छुट्टै हुने तव।
रेखा विच्छेद गर्दा त, बिन्दु अनेक बन्दछन्,
एक बिन्दु भए धेरै, सूक्ष्माति सूक्ष्म बन्दछन्।
एउटा तीललाई नै, लाख भाग लगाउँदा,
भागफल हुने मात्र, विज्ञलाई जँचाउँदा ।
त्यसको पनि आधाज,फालौँ आधा गरेर नै,
बँच्ने शेष बुझौँ हामी, आत्म तत्व भनेर नै।
२०७४।१२।२॰। क्रम संख्या २०५५५
