कथा

ऐंजेरु

  • by

शुभ्र हिमखण्डले निर्मित बाल-प्रतिभा सेतो परेवाजस्ती, स्वच्छ जलराशिमा फुलेको श्वेतकमल जस्ती, दुग्ध-धवल स्फटिकले बनेको बाल-आकृति जस्ती, अथवा भनुँ, पावस ऋतुको अविरल वर्षामा नुहाएको कुनै हरितिमामय निभृत कानुनमा बुर्कुसी मार्दै खेल्ने-रमाउने सानो, सेतो खरायो जस्ती-कल्पिता ! ऊ आँगनमा आउनासाथ अकस्मात् ऋतुपरिवर्तन भएर बसन्त आएको र हजारहजार चराचुरुङ्गी चिर्बिर-चिर्बिर कलरव गर्न थालेको मधुर अनुभूतिमा म डुब्ने गर्थे । सडकमा पनि हिँड्ने होइन, उफ्रिदै जाने । झोला बोकेका केटीहरूको बथानमा डब्बा बनाई आफू इन्जिन बनी रेलजस्तै दौड्दै दिनहुँ स्कुल गइरहेकी कल्पितालाई झल्झली सम्झन्छु म -“………पी-पी-पी-पी… छुक्छुक् छुक्छुक् … ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सडकबासी

  • by

“यही असार १५ गते आइतबारसम्म बाँकी सबै महिनाको भाडा चाहिन्छ । म अब अरू कुर्न सक्दिनँ । होइन भने…!”

पाँच दिनअगाडि घरबेटीले चेतावनी दिएको थियो । घरबेटीले भनेको असार १५ गते संयोगले आजै परेको छ । बितेका करबि दुई साता उसले पाँच महिनाको भाडाबापत घरबेटीलाई तिर्नुपर्ने पाँच हजार रुपियाँ सापटी खोज्दाखोज्दै बितेको थियो र ती पाँच दिन कति छिट्टै बिते उसलाई पत्तै भएन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्ध

  • by

किस्सा १.

दीप शिक्षा र संस्‍कारमा महत्‍व दिने मध्‍म बर्गिय परिवारको आदर्श पात्र हो । नामधन्‍य बिध्‍यालयबाट राम्रो श्रेणीमा माध्‍यमिक तह उत्तीर्ण गर्छ । डाक्‍टर बन्‍ने धोको छ उसको ! तर उस्‍का पिता साधारण ब्‍यापारी, लाखौंलाख खर्च गर्न सक्‍ने आमत छैन । दीप मानसीक ज्‍वारभाटमा छ , अब के गर्ने ? संझौता !! स्‍थानिय उच्‍च मा बि मा ब्‍यबस्‍थापन बिषयमा दाखिल हुन्‍छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अमेरिका

  • by

अवतरणको क्रममा विमानले काठमाडा“ै उपत्यकावरिपरि फन्को मार्दा मैले विमानबाटै र्ससर्ती काठमाडा“ैलाई हर्ेर्ने अवसर पाए । अमेरिकाबाट हिड्दा मलाई लागेको थियो, म कुनै असभ्य र आदिमानवहरूको बस्तीमा जादैछु । माटाका घरहरू होलान्, धूलो उड्ने सडकहरू होलान् । यस्तै सोचेको थिए मैले । वास्तवमा नेपालको कुनै सुकिलो छवि थिएन मेरो मस्तिष्कमा । यद्यपि वासिङ्टनमा मैले नेपालसम्बन्धी एउटा वृत्तचित्र हेरेको थिए । तर, त्यो हिमाल आरोहणसम्बन्धी वृत्तचित्र थियो । केही वर्षघि हनी हन्टर पनि हेरेको थिए । ओस्कारमा ‘नोमिनेट’ भएपछि क्याराभान पनि हेरेको थिए । र, ती सबै हेरेपछि मैले नेपाललाई यसरी नै बुझेको थिए- असभ्य, आदिम, अशिक्षित, गरिब र भोको । हरेक समय अनुदान पर्खिरहेको एउटा निर्धन देश ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भीडमा एक्लो मान्छे

  • by

ओहो ! कति भीड ! कहाँबाट आउँछन् मान्छे पनि ! त्यो दिन भोटाहिटीबाट इन्द्रचोक छिचोल्ने बाटो हिँडिनसक्नु थियो । रिक्सा, साइकल, गाडी अनि त्यसमा बाटोका दुवै छेउछाउमा नाङ्ले पसल ! अफिस छुटेर घर फर्केकाहरूको भीड, असनमा तरकारी किन्न जानेको भीड, अन्नपूर्णको स्थानमा बत्ती बाल्न आउनेको भीड, कुनाको पसलवरिपरि त सुत्केरीनिम्ति क्वाटी-वासः किन्नेको भीड अनि फाट्टफुट्ट हूलमूल गर्दै आएका अल्लारे केटाहरूको भीड !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नाटक-मञ्चनका पात्रहरू

  • by

कथाको पर्दा खोलिन्छ । अनि, पात्रक्रिया आरम्भ हुन्छ ।
ऊ एकादेशको होइन, यसै देशको एउटा सामान्य नागरकि हो । यतिबेला ऊ कुनै कथा वा नाटकको पात्रजस्तो भएर होइन, एक सामान्य नागरकि भएरै घरबाट निस्केको थियो । निस्क“दा हातमा फाइल थियो- फाइल व्यक्तिगत तथ्याङ्कको । यसको अर्थ हुन जान्थ्यो, ऊ कतै काम खोज्न जा“दै थियो अर्थात् ऊ बेरोजगार थियो । लोकतन्त्रमा पनि बेरोजगारी – भएन त लोकतान्त्रिक प्रश्न – किन त -प्रश्न उठ्न सक्ने सम्भावित परविेशलाई सेट गर्दै कारण र यथार्थको खोजी यसरी गरिन्छ, महोदय !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

क्यामराम्यान

चकमन्न रातको मौनतालाई चिर्दै श्रीमतीले प्रश्न गरी, “अहिले म यति राति घर आएर तपाईंजस्तै टोलाएर बसेकी भए, तपाईं के भन्नुहुन्थ्यो – के अर्थ लगाउनुहुन्थ्यो -,” प्रश्नले ऊ झसङ्ग भयो । “केही होइन, भोलि बिहान चाँडै हिँड्नु छ, कार्यक्रमस्थलको लोकेसनका बारेमा सोचिरहेको छु,” प्रश्नको जवाफ होइन, उसले आफू मौन रहनुको कारण बतायो । ऊ टेलिभिजनको क्यामराम्यान जो करिब दुई दशकदेखि टेलिभिजन च्यानलको समाचारकक्षमा काम गरिरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लोप जीन

श्रवणकुमार उसको नाम होइन । धार्मिक कथामा बाबुआमाप्रति अनन्य भक्तिका नायक जो दशरथद्वारा मारिएका थिए, अयोध्याका राजा । तर, ऊ जहाँ बस्छ त्यहाँका छरछिमेकहरू उसलाई श्रवणकुमार भनी सम्झन्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बिरालो

  • by

भित्तामा ट“साएर बनाइएको र्‍याकमा पुस्तक बडा जतनले मिलाएर राखेको थिए“ । प्रायः चाहिरहने किताबहरू टेबुलमै थिए । निकै दिनदेखि र्‍याकका पुस्तक चलाएको थिइन“ । छुट्टीको एकदिन पुस्तक मिलाउन भनी र्‍याकबाट पाखा निकाल्न थाल्दा म साह्रै अचम्भित भए“ । पुस्तकहरू त भित्रभित्र माटैमाटो पो भइसकेछन् । भित्तापट्टबिाट धमिरा लागेर किताबको खोल मात्र बा“की बचेछन् । मन साह्रै विरक्त भयो । आफूले कति दुःख गरी कहा“कहा“देखि खोजेर, किनेर अप्रँप्य मानिएका पुस्तकहरू पनि सङ्कलित थिए । कति त पछि पढौ“ला भनी त्यत्तिकै थन्क्याइएका पनि थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जिउँदो बाजेको किरिया

  • by

हिउँदको महिना । रात कालो र लामो । साँझ खसिरहेको समय । लक्ष्मण कोठामा भित्रिन्छ र मलाई अभिवादन गर्छ । म बस्ने ईशारा गर्छु, कारण, लेखिरहेको छु । केही पङ्‌क्ति लेखिसके पश्चात् सोध्छु ।
“कहाँबाट आइस् ?” (ऊ मेरो भाइ हो ।)
ऊ उत्तर दिन्छ “घरैबाट” (घर शिवगन्ज हो ।)
“किन यतिबेला आइस् त अलि चाँडै आउनु पर्दैन।” म दाइ भएको अहम् घोल्छु ।
“एउटा खबर लिएर आएको।” ऊ बोल्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सीताहरु – २३

  • by

केही वर्षभयो- मैले सीताहरूको खोजी गरेको । यसका लागि म कहाँ पुगिन- होटेल, रेष्टुँरा, डान्सबार र स-साना भट्टीहरूसम्म । मौका मिलाएर कहिलेकाहीँ पोखराको फेवाताल वरपर पनि घुमेको छु । ठमेल, बानेश्वर र कलङ्की त नजिककै तर्ीथस्थल भए- मेरा लागि । चिनेजानेका र सीताहरू पढेका पाठकहरू मलाई भेटघाट वा टेलिफोनमा बरोबर प्रश्न गर्छन्- होइन- यस्ता असाधारण चरित्रका सीताहरू तपाईं कहाँ पाउनुहुन्छ – म ठट्टा गर्छर्ुुहाम्रो सहर बजारका गल्लीगल्लीमा म सीताहरू भेट्छु । गाउँघरमा पनि धेरै सीताहरू सपनाहरूसँग उमेर साटिरहेका पाएको छु । थुप्रै म्यानपावर कम्पनी, एजेण्डा, दिउँसो चल्ने लजहरूमा पनि म त सीतैसीता देख्छु । “हामी त गीता, रीता, शर्मिला, निर्मला, अञ्जु, मञ्जुहरूमात्र देख्छौँ, भेट्छौँ । तपाईं राम भएर होला जहाँतहाँ सीताहरू मात्र देख्नुहुन्छ ।” हिजो साँझमात्र एक जना साथीले यसो भने ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिम्ले साइँलो

  • by

यस वर्ष परेको साउने झरीले सातो-दस दिनदेखि काठमाडौँलाई आक्रान्त पारेको थियो । रातदिनको पानी, हिलो र पत्रिकाको कामको चाप सबै मिलेर मनलाई त्यसैत्यसै दिक्दार बनाएका थिए । पत्रिकामा सम्पादकीय टीमबीच एकरात कतै रमाइलोमा बिताउने निधो भयो । म ठमेलको रात्रिजीवनको अनुभव लिने सुरमा थिएँ । तर, सम्पादकले भ्यालीबाहिर कतै जान जोड गरे । मालिक र सम्पादक दुवैका रूपमा हाम्रो सार्वभौमसत्ता उनमा निहित हुने नै भयो, त्यसैले उनको इच्छा बलशाली सावित भयो । साँझ नपर्दै पत्रिकाको गाडीमा हामी नागढुङ्गाबाट बाहिरयिाँै ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कति दिन पो बित्छ र यस मान्छेसँग ?

मनमा कुनै त्यस्तो युवकको स्पष्ट छाया पनि आइसकेको थिएन। कसैले प्रत्यक्ष रूपमा प्रेमप्रस्ताव राखेको थिएन। आफ्नो प्रेमी वा पति यस्तैयस्तै होस् भन्ने जस्तो अवधारणा पनि बनिहालेको थिएन। तर त्यसैत्यसै शरीर र मन भने चञ्चल र कस्तो-कस्तो हुन थालेको थियो। छिट्टै रिस उठ्ने वा झ्वाट्टै खुसी हुने जस्तो मनस्थिति बन्न थालेको थियो। फूलहरू मन पर्न थालेको थियो, कहाँकहाँदेखि खोजेर ल्याएर फूल रोप्‍न थालेकी थिएँ। आमासँग गनगन गर्दै लुगाहरू थप्‍न थालेकी थिएँ। साथीहरूलाई कर गरेर एक दिन मैले पनि ”ब्युटी पार्लर” पुर्‍याइमागेँ र अनुहार, कपाल, रौँहरू मिलाइमागेँ। हेर्दाहेर्दै ऐनामा म त अर्कैजस्ती देखिन थालेँ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विलय

  • by

कन्टोमैन्टमा उदास धुन बजिरहेको थियो, कुनै पुरानो रसियन गीतजस्तो लाग्ने त्यो धुनको पछिल्लो आलापमा एघार वर्षभत्र मारिएका ती मृतकहरूको आवाज समाहित थियो । सानो अन्तरालपछि कन्टोमैन्टमा विश्रामजस्तो छायो । नजिकै रहेका एकजना पर्यवेक्षकसित म यो कन्टोमैन्टसम्म कतिजना महिला छन् भनेर सोध्दै थिएँ । त्यतिबेला अचानक मसँग आएका फोरेन्सिक आन्थ्रोपोलोजिष्टले मलाई सानो चिट देखाउँदै भने ७यो नाम हुनसक्छ भने तिमीलाई अझै अर्को कन्टोमैन्टसम्म हामी लानेछौं ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भैंसी र मान्छे

  • by

आठ दिन भइसक्यो छोरोले आँखा नखोलेको जीउ पनि भुङ्ग्रोमा राखेको जस्तो रन्किएको छ । पेटमा अन्नको दाना पसेको छैन । पानी खुवाएको भरमा कतिञ्जेल प्राण धान्ला र …. हरे…. । यो झरीले के गर्न खोज्या होला…. – निन्याउरो अनुहार पारेर आद्र स्वरमा भनिन् जयसराले । “हो भन्या झरी पनि कस्तो एकनाससँग दर्केको दर्क्र्यै छ । यो झरीले अन्नबाली सबै सखाप पार्ने भयो । अब त वस्तुभाउलाई के खान दिएर राख्ने हो कुन्नि …!” आँखा चिम्लेर खुइँयया गर्दै भने हर्षानले । “आमा भाइ बैनालाई भोक लाग्यो अरे मकै मुटेर दिऊँ …-” जयसराकी नौ वषर्ीया छोरी सरस्वतीले आमाको नगिचै गएर सोधी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिको

  • by

“ममी? मेरो ममीलाई के भयो?” यो बालस्वर सुनिनु र उसका आँखा खोल्नु एकै साथ भयो। उसले आफूमाथिको सिलिङ् मा टाँगिएको बत्तीको चहक सहन नसकी आँखा एक पटक आँखा बन्द गरी। अनि नाक र घाँटीको बिचभागबाट बलपूर्वक सास बाहिर फालेर मलिनो आवाज निकाली – “अहँ”। कष्टपूर्वक फेरि आँखा खोली र कौतुहलपूर्वक आँखाका नानीहरु ठुला बनाएर टाउको घुमाउँदै वरपर हेरी। ऊ वरिपरि अग्ला अग्ला दिवारहरुको बिचमा फैलिएको एउटा लाम्चो परेको कोठाको कुनामा ढेपिएको शैय्यामा थिई – एक बिरामी जस्ती लाग्दथी। शैय्यासँग जोडिएको भित्ताको माथिल्लो भागमा घुमिरहेको भेन्टिलेटरको एक तमासको आवाज र बाहिर कोरिडरमा समय-समयमा मान्छेहरु गुन् गुन् बोलेको मधुर स्वरको बिचमा एउटा अपूर्व शान्ति थियो। त्यो शान्ति भङ्ग गर्दै बालिका र एउटा सेतो कोट लगाएको चालीस-पचास देखिने मानिस कुरा गर्दै थिए।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अल्छी र लापर्वाही मानिसहरू

  • by

यो तीस बर्षको बिचमा कति आए, कति गए । विभागका भवनहरू भत्किए, थपिए । प्रत्येक वर्ष अप्रिल महिनामा हाम्रो अफिसमा नयाँ मान्छेहरू भर्ना हुन्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हवाइजहाजको गर्भ भित्र

  • by

हवाइजहाजको ढोका बन्द भयो । सँगसँगै इन्द्रभक्तको शरीरका सारा तन्तु सामसुम भए । अब त्यहाँ पालम छैन, एयरर्पोटको गञ्जागोल छैन, बराबर हवाइजहाज उड्दा, ओर्लंदा भइरहने एयरर्पोटको चित्कार पनि छैन । खाली छ त हवाइजहाजको कोठा, जुन संकुचित गर्भ समान छ र त्यो गर्भमा मानिस, जिउँदा मानिसका ताँती चुपचाप बसेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •