Skip to content

कथा

अप्रत्यासित

  • by

चार बजेपछि बाक्लो कफीको स्वादमा रमाउन मलाई यही कफी पसल मनपर्छ । यहाँको शान्ति, मौनता र सरसफाइ मेरो रुचिसँँग ठयाक्कै मिल्दछन् । म यहाँ चार बजे आउँछु अनि एक घण्टा यहाँको मौनतासँग रमाउँछु । कफी खाने सोख मैले हङकङमा सिकेको हुँ । त्यहाँ म चार वर्षबसेको थिएँ कामको सिलसिलामा । सधैँ झैँ हिजो पनि म आफ्नो टेबलतिर लागेँ । प्रायः त्यो खालि हुन्थ्यो । तर हिजो त्यसको एउटा कर्ुर्चीमा एकजना स्वास्नीमान्छे बसेकी थिई । पचास नाघिसकेकी त्यो स्वास्नीमान्छे झलक्क हर्ेदा कफी पसलतिर आउ-जाउ गर्ने जस्ती लागिन मलाई । उसको अनुहार सुन्दर थियो, उसले लगाएको लुगाहरूले उसको भद्रता पर््रदर्शन गरिरहेको थियो । वास्तविक नेपाली स्वास्नीमान्छे थिई ऊ । अनौठो लाग्यो मलाई, किनभने नक्कली संसारको जङ्गलमा बसेर पनि आफ्नो अनुहारलाई अवास्तविक रङ्गरोगन गरेर कुरुप बनाएकी थिई उसले । नबिग्रिएको काठमाडौँको अनुहार जस्तै लाग्यो त्यो मन्दस्मीत अनुहार मलाई । तर म उसको अघिल्तिरको कर्ुर्चीमा बस्न सकिन । त्यहाँ बस्नु राम्रो हुँदैनथ्यो । त्यसको िठक्क देब्रेतिर खालि टेबुल थियो । म त्यसैको आडको कर्ुर्चीमा गएर बसेँ । म कर्ुर्चीमा ट्यास्स बसेको मात्र थिएँ- गर्मी यामको लुगा लगाएको एउटा मानिस सरासर आएर महिला अघिल्तिरको खालि कर्ुर्चीको छेउमा उभियो । \”माफ गर्नु होला, म दस मिनेट ढिलो भएँ,\” उसको बोलीमा विनम्रता र रसमाधर्ुय दुवै थियो । \”बस्नुस्, नेपालमा दस मिनेटलाई ढिलो मानिदैन,\” महिलाको बोली पनि रूप जस्तै सुन्दर थियो । सुनिरहुँ लाग्ने खालको थियो ।

कमरेड पाताल

  • by

शहरमा जाडो धेरै बढेको छ । केही दिनदेखि मन पनि अलि नै बढी चिसो भएको छ । बिहान यति अबेरसम्म सिरकमा गुजुल्टिएर बसिरहन मन पराउने मेरो स्वभाव नै होइन । आज त अलिक बढी जाडो पनि भयो । आफू हिंड्ने बाटो हिजोभन्दा बढी उवड-खावड र कष्टकर देख्न थालेको छु । आफ्नै अनुभूतिसँग आफैंलाई कहिलेकाहीं डर लाग्छ । मभन्दा अघिल्लो पुस्तामा देखिएको निराशाले कतै मलाई छोप्दै गएको त हैन – हिजोआज आफैंलाई यो प्रश्न सोध्छु । फेरि आफूले आफैंलाई उत्तर दिन्छु- अरुको कारणले आफ्नो उद्देश्यलाई बराल्नु आफ्नै कमजोरी हो ।

फेरि एउटा युद्धको प्रतीक्षामा छु

  • by

ती मान्छेहरू
हृदयको चोटस“ग दुःखी भएनन्
ओठको मुस्कानस“ग हा“सेनन्
सधै“ जीवनको वास्तविक धरातलमा उभिएर
वास्तविक जीवन बा“च्ने
कठोर प्रयास गरिरहे
कठोर लडाइ“ लडिरहे
तर, त्यसलाई उसले सत्य बुझेको छैन
मरिकाट्य बुझ्ने कोसिस गरेको छैन ।

तीन कथा-तीन पात्र

  • by

कथा एकः पात्र एक

कट्……..कट्…………कट्………उफ् ! फेरि बज्न थाल्यो पल्लो कोठाको खाट। यो खाटबजाइ पनि खै ! कुनै समयमा यो खाटबजाइ मेरा लागि आनन्द र लाजको कारक हुने गर्थ्यो तर के गर्नु खै, अहिले त यसले पीडामात्र दिइरहन्छ। कट्…..कट्…. उफ् ! म सहनै सक्तिनँ र बरन्डामा निस्कन्छु। बाहिर जुनेली रात रहेछ। चन्द्रमा ! आहा ! यो चन्द्रमा त मेरो चिरकालको साथी। अब त यही चन्द्रमा त रह्यो नि आफ्नो भन्ने ! चन्द्रलाई त निशाले लगिहाली नि।

गोबर्द्धनले बुझेको राष्ट्रवाद

  • by

तालीको परर्र आवाजले एकसुरले पेटीमा हिँडिरहेको गोबर्द्धन यादव हठात् झस्क्यो र फर्केर हेर्‍यो । सडकमा किशोर र युवाहरूको हूल माहुरीको गोलो बनेर खनिइसकेको थियो र ब्योममा कानै खानेगरी साइँसाइँसुइँसुइँ सिटीको आवाज घन्कन थालेको थियो । ऊ झस्केझैँ सायद अरूहरू पनि झस्केथे किनकि ती पनि त्यतै हेर्दैथे । एउटा युवक लामो लठ्ठीमा उनिएको पुतला नचाउँदै थियो । पुतला नेताको हो वा अभिनेताको, खुट्याउन उसलाई गाह्रो पर्‍यो किनकि ऊ न त नेताहरूबारे जानाकारी राख्थ्यो, न त अभिनेताहरूबारे तर खुला छिमेकका नेता र अभिनेता दुवैथरिबाट हामी पीडित छौँ भन्ने बोधसम्म चाहिँ उसमा नरहेको होइन । कोशीको बाँधको डुबान होस् वा मेचीको कटान, बकेया बागमतीको डुबान होस् वा महलीसागरको, शारदा ब्यारेजको पनपक्षे होस् वा ब्रहृमदेवमण्डी अर्थात् टनकपुरको अतिक्रमण, कालापानीको बेदखली होस् वा दशगजाको मिचमाच, छिमेकीको नियतबाट ऊ भलिभााति परिचित थियो । सर्पको सन्तान सर्पै हुन्छ भनेझैा साम्राज्यवादको आत्मज -हुन त यस सन्दर्भमा उसलाई आत्मज शब्द त्यति उपयुक्त लागिरहेको थिएन तथापि तिनको व्यवहारले ऊ नयाँ शब्द खोजिहाल्नुपर्छ भन्ने निश्कर्षमा पनि पुगिहालेको थिएन) ले साम्राज्यवादी, उपनिवेशवादी नीति नै लिन्छ भन्ने उसको धारणा थियो । हुन त उसका कतिपय साथीहरू ‘तेरो धारणा वा सोच पूर्वाग्रही छ’ भन्थे तर पनि ऊ आˆनो अवधारणामा यतिञ्जेलसम्म कायम नै थियो । ‘पछि परन्तु सच्याउनु परेछ भने देखाजाला, सच्याउँला’ भन्थ्यो र उसका साथीहरू चुप लाग्थे । छयालीस सालको नाकाबन्दीको त गोबर्द्धन भुक्तभोगी नै थियो । छयालीस सालमै गाउँका सारालाई उसले ‘अब त छिमेकीको कोखाको दाँत देख्यौ कि ?’ भनी आँखा खोल्ने प्रयास नगरेको होइन तर पनि गाउँलेहरूले चेतेका थिएनन् ।

उँट र स्याल

  • by

एकदिन स्याल र उँटको भेट भयो । अचानक उँटलाई देख्नेबित्तिकै स्यालले उँटसाग उसको परिचय माग्यो र आˆनो परिचय पनि दियो । यसरी परिचयको आदान प्रदान भएपछि उनीहरू एक अर्काको अभिन्न मित्र बने । आˆनो गाउँमा एक्कासि उँटसाग भेट गर्ने सुवर्ण अवसर पाएको सुखद उपलक्ष्यमा स्यालले उँटसाग मित लाउने प्रस्ताव राख्यो । प्रस्ताव स्वीकृत भयो । उनीहरूले ‘मित’ लगाए र त्यस रात स्यालको अनुरोधमा उँट पनि मितको घरमा बस्यो । भोलिपल्ट बिहान भयो । समयमै उँट र स्याल दुबै ब्याँझिए । बेला यस्तै हिउँदको थियो । मितहरू दुबै बसेर सल्लाह गर्न थाले । स्यालले भन्यो- “मितज्यू ! अब आजको योजना म बनाउँछु, त्यसैअनुरूप चलु, भोलिको लागि तपाईं बनाउनुहोला, हुन्न ?” उटले मित्रको कुरा मञ्जुर गर्‍यो ।

बदला

  • by

समय सारिणीमा मङ्सिरको २१ नाघेको छ । उसो त पानी पर्लापर्ला झैँ गरी अस्तिदेखि नै आकाशले मुख बिगारेको छ । छिनभरमै घाम खुलेर न्यानोपन थप्ने र छिनभरमै बादलले घाम छोपेर चीसो बढ्ने क्रम जारी नै छ ।

महेश एकटकले भित्तातिर हेरिरहेको छ । मानौ उसको मगज र हृदयमा यो मौसमी आद्रता र उष्णताले कुनै प्रभाव पारेको छैन । अविचलित छ ऊ मूर्तिबत् । तर शान् त पोखरीबाट पानी रसारए पोखिएझैँ उसका विस्फारित आँखाहरूबाट अश्रृसरिता रसाएर डम्म भरिएका छन् र आँखाको कोसबाट नजानिदो ढङ्गले पोखिएका छन् ।

छिमेकीको छाता र छाडा छोराहरू

पल्लो घरको छिमेकीले एक दिन मलाई फोन गरेर भन्यो, “भोलि तपाईंको घरजग्गाको नक्सा र लालपुर्जा लिएर मकहाँ आउनूस् । नक्सामा जग्गा उल्टोपाल्टो देखिएकाले नयाँ नापी गराउनु पर्लाजस्तो छ ।” मैले ‘हवस्’ भनेर फोन राखिदिएँ । मैले उसलाई ‘हवस्’ त भनेँ तर त्यसपछि भने मलाई चिन्ताले गाँज्न थाल्यो । आफ्नो घरको छिमेकीप्रति मेरो सद्भावना हुनुपर्ने हो, हामीबीचको सम्बन्ध आत्मीय र प्रगाढ हुनुपर्ने हो तर दुर्भाग्यवश हामीबीचको सम्बन्ध असल छिमेकीबीच हुनुपर्नेजस्तो थिएन । म मात्र होइन, उसका वरपिरकिा अन्य घरहरू पनि उसको विचार र व्यवहारबाट पीडित थिए । नभोग्नुपर्ने सास्ती भोगिरहेका थिए । तिनीहरूमध्येको एक म थिएँ र मेरो घर थियो ।

थुप्तेन ग्याछो

  • by

ऊ अर्थात् थुप्तेन ग्याछो आफ्ना साथीहरूसँगै गुम्बाको प्रार्थना कोठामा प्रार्थनाको मुद्रामा बस्यो । उसको ठीकअगाडि खेम्पो -गुरु थिए । उनको रातो कपडाले ढाकिएको शरीर र नाङ्गो मुडुलो टाउकोतिर दृष्टिपात गर्दै ऊ प्रार्थनाका शब्दहरू स्मरण गररिहेको थियो । खेम्पोले ढावा -बालक भिक्षुहरूतर्फ हेर्दै आफ्नाअगाडि राखिएको ‘पेचा’ -पुस्तकको पहिलो पृष्ठ पल्टाए ।

एउटा अर्को खाडल

  • by

ऊ खाडल खन्न थाल्यो । रातको निस्पट्ट अन्धकारमा जमिनमा छिटोछिटो खनिरहेकोे थियो ऊ । कोदालोले ताछेका माटाका चपरीहरूलाई डिलमा फाल्दै ऊ खाडललाई सकेसम्म लम्बाचौडा बनाउने ध्याउन्नमा थियो ।

करीब ५-६ घण्टाको पट्यारलाग्दो हिँडाइपछि सशस्त्र छापामारको टोली त्यस ठाउँमा आइपुगेको थियो । त्यो टोलीको मिलिसिया सदस्य थियो ऊ । छापामारहरूले विभिन्न आकार, प्रकार र बनोटका बन्दुक भिरेका थिए । तर, उसको हातमा कोदालो थियो । सयौँको सङ्ख्यामा रहेको सशस्त्र टोलीमा डोको र कोदालो बोक्नेहरूको सङ्ख्या पनि पुगनपुग सय थियो । कोदालो, बेल्चा र फरुवा बोक्नेहरू खाडल खन्नका लागि छुट्याइएका थिए भने डोको बोक्नेहरू युद्धमा मारिएका छापामारहरूलाई युद्धमैदानबाट डोकोमा बोकेर ल्याई खाडलसम्म पुर्‍याउन खटिएका थिए ।

गे… गे

  • by

अहिले हामी केण्डल स्क्वायर आइपुग्यौँ । यसरी हामी कहाँसम्म सँगै हुनेछौँ भन्ने सोच्दै मैले उसलाई सोधेँ, “कहाँ बस्नुहुन्छ -”
“सेन्ट्रल स्क्वायर … ।”

“ए ˜˜ … ।”

“तपाईंलाई थाहा छ कुनै समय झुम्पा लाहिडी पनि यहीँ बस्थिन् … -”

आरम्भ अर्थात् सुरुआत

  • by

वर्तमान – साइरन बजिरहेछ । लाइनअगाडिको खुला चउरमा उपस्थित हुनका लागि जनाउ हो यो । जो जुन अवस्थामा छन् सोही अवस्थामा दगर्ुछन् । संभावित त्रास सबैका आँखामा छ, अनुहारमा मृत्युको भय टाँसिएको छ । सधैँ एकनाशको जिन्दगी बित्न थालेको दशक पुग्न लागिसक्यो । उही बम, उही बारुद, उही मृत्युको समाचार । लाग्छ, मानिसको वरिपरि जीवन होइन मृत्यु बाँचिरहेछ । मानिस जीवनका नाममा मृत्युका डोली बोकिरहेछन् । काँधमा बन्दुक होइन मृत्युको सन्देश बोकिरहेछन् । गलामा गोलीका माला होइन, विषालु गोमन र्सप बोकिरहेछन् जसले छानीछानी डसेर तत्काल मृत्युलोकमा पुर्‍याउनसक्छ । तुम्लेटमा पानी होइन मृत्युका थोपाथोपा सञ्चित छन् । उफ ! कस्ता दिन आए !

हनुमानेको ठेला

  • by

इतिहासले कुल्चेर गएका समयका सबै क्षणहरूमा काला दागहरू मात्र छापिएका छन् । पश्चाताप, विलाप, घृणा र अविश्वासहरूको डरलाग्दो ग्रन्थ भएर उभिएको इतिहास विगतको अनुहार हुँ भन्छ । हामी हरेक वर्तमानमा खडा भविष्यको सुन्दर आकृति खिच्न व्यस्त छौँ तर के त्यो व्यस्ततामा कुनै कुटिलता नमिसिएको सादा सहजता छ –

उदार र र्सतर्क भएर पनि जीवनलाई र्छलङ्ग देख्न नसकिने गरी जीवनमा छौँ हामी । आफैँलाई देख्न खोजेर पनि देख्न सकेनौँ हामीले । सदा दौडधुप, भागाभाग, धमाधममा प्रतिस्पर्धा छ- प्राप्तिका लागि तर त्यो प्राप्ति के हो – कहाँ छ त्यो – हामीले चाहेको के तर पाइरहेछौँ के –

धना दिदी

  • by

२०६० भाइटीकाको दिन । टीका लगाउने साइत ढिलै भएकाले हामी दाजुभाइहरू सिकुवामा बसेर समसामयिक विषयमा छलफल गर्दै थियौँ । मन उचाट थियो । समग्रमा निराशाका कुराहरू नै थिए छलफलका । रमाइलो मान्नुपर्ने चार्डपर्वमा पनि मेरो मन कुनै बेला बिनाकारण निराश बन्छ । बिनाकारण निराशा हो वा निराशाको कारण म आफैँले पत्ता लगाउन नसकेर हो म निराश चाहिँ हुन्छु । भित्री निराशालाई प्रकट नगरी म छलफलमा भाग लिइरहेको थिएँ । त्यत्तिकैमा आँगनका पल्ला छेउमा दुईजना व्यक्तिहरू मलीन अनुहार लिएर देखा परे । मेरो परिचयको सूचिमा नपरेका व्यक्तिहरूले माल्दाजुलाई बोलाएर अलिपर लगे । म अलि अलमलमा परेँ। समयकाल ठीक छैन । कस्ता व्यक्ति हुन् – के गर्न आएका – मनमा कुरा खेलीरहे एकछिन । केही समयपश्चात् माल्दाजु आएर घोषणा गर्नुभयो “धना दिदी बित्नुभयो अरे । आमालाई अहिले नसुनाऊँ टीका लगाएपछि सुनाउँला ।” वहाँको घोषणाले मेरो मनको निराशालाई दुःखमा बदल्यो । मलाई लाग्यो मलाई कसैले ठूलो भीरबाट खसालिदिएको छ । हातखुट्टा शून्य भएर आए । केहीक्षण पछि चेतना फिर्‍यो । मेरी आमालाई सानीमा भनेकाले हाम्री दिदी हुनुभएकी धना दिदी यति चाँडै खस्नुहोला भन्ने मनको कुनै अन्तरकुन्तरमा पनि थिएन । वहाँ अस्वस्थ हुनुभएको त थाहा थियो तर यति छिटै वहाँको चोला उठ्ला भनेर सोचेकै थिइनँ । अझ टीकाकै दिनपनि धना दिदी टीका लाइदिन लठ्ठी टेक्दै टुप्लुक्क आइपुग्नुहुन्छ कि भन्ने आस बोकेको मनलाई वहाँको मृत्युको खवरले मर्माहत तुल्यायो ।

यथावत्

  • by

ऊ बसबिसौनीमा आइपुगेको थियो । बाटो छोटो तर कष्टकर भएकाले यहाँसम्म आइपुग्दा ऊ थकित थियो। पसिनाले उसका कपडा निथ्रुक्क भिजेका थिए। ऊ बसको काउन्टरमा उभिएको थियो।
‘बस कुन बेला जान्छ?’ उसले प्रश्न गर्‍यो।
‘एक घन्टापछि।’ कर्मचारीले जबाफ दियो।
‘यतिका बेर पर्खन्छ?’ उसले प्रश्न गर्‍यो।
‘समय नै त्यही हो।’ कर्मचारीले भन्यो।
‘यो त दिक्कलाग्दो भयो।’ उसले भन्यो।
‘यस्तो ठाउँमा धन्न बस चलाइएको छ, खुसी मान्नोस् न।’ त्यसले भन्यो।

जीवन एक यात्रा

  • by

उफ् ….! यो हल्ला….! यो चिच्याहट ! यी मान्छेहरूले कसरी सहन सकेका होलान् यो सब ? मलाई त साह्रै झर्को लाग्छ । बसमा बस्यो कि कानै फाट्ने गरी “बदाम…. ए.. बदाम… ए चटपटे…नारियल…मेवा….आजको ताजा खबर….” मानौँ व्यापार भनेको यही मात्र हो र ग्राहक बसभित्र मात्र छन्। तर म निरुपाय छु। अरू मानिसहरूलाई हेर्छु, कति मज्जासँग बसेका छन्। सायद यी सबैलाई मजा लाग्दो हो यो कोलाहल। कोही त मस्तसँग निदाइरहेका पनि छन्। जे भए पनि सहनै पर्‍यो….सायद जिन्दगीमा सहनुको अर्को विकल्प छैन, कमसे कम मेरा लागि।

आर्यघाट

  • by

नजिकको तीर्थ हेला भनेझैँ साँझबिहान बाटामा आउँदाजाँदा, भेट हुँदा तिनीहरूको त्यति वास्ता लागेको थिएन । डेराअगाडि छाप्रामा बस्ने तिनीहरूलाई जब मैले तीन दिनसम्म लगातार देखिन अनि तिनीहरूप्रतिको रुचि बढ्दै गयो । कहाँ गए होलान् , के भए होलान् , किन तिनीहरूको छाप्रामा सधैँ बल्ने टुकी बल्दैन आदिजस्ता प्रश्नहरूले घेर्न थालेपछि म तिनीहरूका बारेमा जान्न उत्सुक भएँ । कहिलेकाहीँ मन वास्ता नगरिएका विषयमा केन्द्रित हुँदो रहेछ । म तिनीहरूको ताल्चा झुन्डिएको ढोकातिर एकटक लगाएर हेर्न थालेँ ।

निदाएँ जगदम्बा

  • by

उनलाई अचेल राम्ररी निद्रा पर्दैन। अनिद्राका रोगी भएका छन्। सुरुसुरुमा त उनले आफ्नो अनिद्रालाई सामान्य रूपमा लिएका थिए। तर पछि उनलाई यसले निकै दुःख देला जस्तो लाग्न थाल्यो। एक त राजनीति गर्ने मान्छे। त्यसै पनि सधैँ तनावग्रस्त, सधैँ चिन्ताग्रस्त भइरहनुपर्ने। आराम भनेको त्यही राति निदाउँदासम्मको हो। तर त्यही निद्रा नै हराएपछि स्वास्थ्यमा प्रतिकूल असर पर्ने नै भयो। यो कुरा उनले धेरैसम्म कसैलाई भनेका थिएनन्। साह्रै भएपछि एक दिन उनले आफ्नी श्रीमती जगदम्बालाई भने ‘जगदम्बा ! अचेल मलाई निद्रा पर्दैन।‘

अन्धकार अनन्त

  • by

मस्तिष्कले शून्यतामा पौडिरहेका बेलामा न केही लेख्‍न सकिन्छ न त केही सोच्न नै। सोचको शून्यता यति सारो भयावह लाग्दो रहेछ मैले यतिखेर अनुभव गरिरहेको छु। बितेका केही हप्ताहरूमा मैले केही लेख्‍न सकिरहेको छैन। भावशून्यताको पोखरीमा डुब्दाडुब्दै केही देखिन्छ कि, केही आउँछ कि किनारमा जसको सहाराले म पौडिन सकूँ भन्ने लागिरहेको थियो कैयौँ दिनदेखि। पढाउने-पढ्ने पेसा अँगालेको मलाई, यस्तै क्रममा एक दिन पहिलो घण्टी सकिएर दोस्रो घण्टी लाग्न लागेका बेलामा भीमदाइले आएर भन्नुभयो – “सरलाई भेट्न कोही आउनुभएको छ।”

तमासा

  • by

कार्तिक महिना जताततै तिहारको चहलपहलले गर्दा वातावरण निक्कै रमाइलो लाग्दो छ। ठाउँठाउँमा तिहारबजार खोलिएका छन् भने स्थापित बजारहरूमा नयाँ सामान थप गरिएकाले ग्राहकहरूको घुइँचो बढेको छ।

वर्षका दुई महान् चाड दसैँ र तिहार। ऋणधन जे-जस्तो बेहोर्न परे पनि संस्कृतिको जगेर्ना गर्न भनूँ या समाजमा इज्जत बचाउन भनूँ मान्नैपर्ने चलन छ। तसर्थ सबै किनमेलमा लागेका छन् र तिनले भन्न सक्ने एउटै भाखा छ – ‘‘कस्तो भाउदर बढेको, यसपालि त ?‘‘