Skip to content

कथा

सत्ताच्युत

  • by

अहिले उसलाई यति नजिकबाट पनि चिन्न गाह्रो भयो । मैले उसलाई हजामको पसलबाट निस्कंदा देखेको हुं । पहिले जस्तै हजामलाई उसले घरमा बोलाउनुको साटो ऊ आंफैं हजामको पसलमा आएको छ भनेपछि ऊ सत्ताच्युत हुनुको यो पहिलो लक्षण हो । हजामको पसलबाट जिस्कंदा पनि उसको दाहिने हात उसको माथिल्लो ओंठको दाहिनेतिरको कुनाको जुङा बटारिरहेको थियो । यो ऊ विचारमग्न हुनुको अर्को लक्षण थियो उसले नियमित र लत लागे झैं त्यो ठाउंको जुङा कति बटार्यो भने त्यहांको भाग रौं नै नपलाउने गरी खुइलिएको थियो ।

गुडबाई मेरी

“प्रभात ! अब तिमीले आफ्नो बासको बन्दोबस्त गर । आजको ठीक एक महिनापछि तिम्रो र मेरो डिभोर्स हुनेछ । त्यसपछि म तिमीलाई मेरो घरमा राखिरहन सक्दिनँ ।” बिहान घरबाट निस्कनुअघि मेरीले भनेको कुराले एकाएक उसको मनभित्र सुनामी पस्यो । ऊसँग आफँैले आफैँलाई राहत दिनु र उद्धार पुर्‍याउनुबाहेक अर्को विकल्प थिएन । उसले आफैँलाई सम्झाउने प्रयत्न गर्‍यो । मेरीसँग बिताएका दुई वर्षका सुमधुर पलहरूको दृश्य गाढा भएर उसका अगाडि नाच्न थाल्यो । ऊ एकैछिन रोमाञ्चित भयो । तर, फेर िमेरीको घर छाडेर निस्कनुपर्ने दिन सम्झेर मन खिन्न भयो । उसको अनुहार कालो बादल लागेको दिनजस्तै भयो ।

एक दिनको सामान्यता

  • by

“मूलाको बीउ तिमीले पातलो छरेछौ, माया,” मैले भनेँ। कुटेमा टासिँएको माटो सुकेको बाँस सिन्काले कोट्याउँदै थिएँ मैले।
“अस्तिको झर्को पानीले हुन त सबै भररर उम्रेछ।”

स्वास्नी हुन नसकेकी प्रेमिका

नीलो अन्धकार पूरै टक्टकिएर छेवैको रूखको कापबाट आएको घामको किरण मेरो अनुहारमा परेकै बेला उसले बोलायो, “जमुना !” जतिबेला म उही पुरानो छाता बोकेर बूढो घण्टाघरमुनि उभिएकी थिएँ । रातभरि यो कुमारी मैदानसँग सुतेर, खेलेर र नङ्ग्याएर यो धुलौटे सडकबाट अँध्यारो भागेजस्तै उसको आवाजसँगै मेरा धेरै तन्द्रा एकैचोटि भागे । सोचेँ, “म को हुँ ? को हो जमुना ? को हो यो पुरुष ? उसले खोजेकी जमुना मै हुँ ?”

कार्नेसन, धूवाँ र तिम्रो झझल्को

  • by

साझ अबेर बितिसकेको छ । पिनाज मसानी र अविदा परविन सुनिरहेको छु । र, तिम्रो झझल्को आखामा टासिएको छ ।
सहरको लामो सडक त्यसैगरी तन्किरहेको छ । तर, गाउमा काटिएको झोलुङ्गे पुल बनाइएको छैन । सहरका पुलहरू पनि मक्किसकेका छन् । भाच्चिने सम्भावना धेरै छ । सहर कोलाहलमय छ र निर्जन छ । चिनिएका अनुहार कोही छैनन् । सबैमा तिम्रो अनुहार ठम्याउन खोज्छु । पाउदिन । सडकछेउका खिरिला रूखका मसिना झिक्रामा बेतोडले कुद्ने गाडीको धूवाको कालो पोतिएको छ र ती निहुरिएका छन् सडकमा र्झन । म पनि त निहुरिएको छु अब † सीधा छैन म यहा“ ।

शब्द

  • by

छोरा बोलेन । आँगनमा बोलेन । ओछ्यानमा बोलेन । भान्छामा बोलेन । फूल देखाउँछु । बोल्दैन । बिरालो देखाउँछु । बोल्दैन । जोगी देखाउँछु । बोल्दैन । मान्छे देखाउँछु । बोल्दैन । देउता देखाउँछु । बोल्दैन । उज्यालो देखाउँछु । बोल्दैन । अँध्यारो देखाउँछु । बोल्दैन । दूध देखाउँछु । बोल्दैन । भात देखाउँछु । बोल्दैन । सर्प देखाउँछु । बोल्दैन । उसको लाटोपनले म दिक्क भएको छु । उसको क्षय भएको बालशक्तिले गर्दा मेरी श्रीमती दिक्क भएकी छे ।

धराप

  • by

साँझसाँझ हुँदो हो, तर अँधेरो नै भइसकेको थिएन । ऊ अफिसबाट हो वा भट्टीबाट वा कुनै कथाबाट पो हो कि उछिट्टएिर आएको थियो, एक्लै हिँडेर आइरहेको थियो । गल्लीभित्र छिर्नुभन्दा ठ्याक्क अगाडिको मोडमा उसलाई टक्क रोकिनुपयो । कारण अरु थिएन । केही भारी वस्तु थियो, जुन उसले कुल्चेको हुनुपर्छ । यसैले खुट्टा एउटा लामो र अर्को छोटो भयो । केही नरम, केही लेसिलो र केही ठोस वस्तु उसले कुल्चेको जस्तो अनुभव गयो, तर के ? निक्र्यौल गर्न उसले भुँइमा, जहाँ आप\mनो खुट्टाले केही कुल्चेको वस्तु थियो, त्यहाँ हेयो । हेर्छ त…झसङ्ग… ऊ तस्र्यो । सुरुरु एकैछिनमा रगत रसाएर उम्रेजस्तो वा गल्ली वा सोसरहरुको दुलोबाट आएको झीरजस्तो सुइरे हावाले छोयो । अनि एक्कासि उसको मगजको कुनै केन्द्रमा कसैले साउती गरेर सङ्केत गर्‍यो- बम ! बम ? फोहरबम ! कालो प्लास्टिकले बाँधेर राखेको ।

स्वगत

  • by

अचेल उसलाई यस्तै भइरहेको थियो । कुनै कुरामा आशालाग्दो वा उत्साहजनक लागेको थिएन । देश, समाज, परिवार, समय, व्यवस्था, मित्र महङ्गी, जिन्दगी आदि यस्ता शब्दहरू थिए, जुन उसका लागि असहृय र त्तिक्त लाग्नेजस्ता भएर देखापरे ।

कति निर्णय यस्ता हुन्छन्, जुन गर्न सकिँदैन

  • by

उपर्युक्त वाक्यांशको जालोमा ऊ यतिबेला परिरहेको थियो । निर्णय गर्न सक्यो वा सकेन, यो पछिको कुरा । यतिबेला केवल सोच्नु र पूरा गर्नुको अर्थले रुघाले पार्ने ग्रस्तझैँ ऊ भएको थियो ।

अगाडि लथालिङ्ग कपडाहरू थिए, जसले घर अभ्यस्त र बिग्रेको सङ्केत गर्दथे भने काखमा चारमहिने छोरी उँउँ गर्दै गुनासो गरेर सम्भवतः भोक लागेको वा अप्ठ्यारो परेको सङ्केतध्वनि उमार्दै थिई । यसबाट ऊ पूरापूर पारिवारिक हुनुको अर्थ निष्पत्ति हुन्थ्यो ।

परदेशी साथी

  • by

हर्कबहादुरसँग पहिलो भेटमै माया बस्ला भन्ने सोचेकी पनि थिइनँ । हुन त नसोचेको कुराले प्राथमिकता पाउँछ त्यो मलाई थाहा छ, तर भेट भएकोमा मैले गुनासो पनि पोखेकी छैन । ‘म घुम्न मन पराउने मान्छे’ उसले मेरो दाहिने हात समात्दै भन्यो । म झस्किएँ तर उसको हातसमाइले मलाई यसरी अव्यक्त पीडाभित्रको सुखानुभूति दिन्छ भन्ने चाहिँ मैले सोचेकी थिइनँ । यसरी आज ६,७ वर्षछिको हाम्रो मित्रतामा उसले निर्धक्कसँग मेरो हात समातेको थियो । हाम्रो समाजमा एउटा पूरा उमेर पुगेको केटाले एउटी उमेर पुगेकी केटीलाई हात समात्‍नु पक्कै पनि स्वीकार्य हुन सक्तैन भन्ने कुरालाई सायद उसले बुझेको पनि हुनुपर्छ । तर यतिखेर उसले समाजलाई बिर्सेको छ र निर्धक्कसँग बीचसडकमा मेरो हात समातेर सँगै जीवन बाँचौं भन्ने आग्रह गरेको छ ।

भिडन्त

  • by

प्लेन नेपालगन्ज विमानस्थलमा ओर्लिएपछि ऊ केही ढुक्क भयो । आश्वस्त भयो । अब त बाँचियो भन्ने भाव देखियो उसको अनुहारमा ।

ऊ जुम्ली । जुम्ला उसको घर । तर अब जुम्लामा उसको घर छैन । अवशेष मात्र छ घरको । अहँ, घरको केही पनि स्याहार्न पाएन उसले । एकैछिनमा आगोले यसरी डढायो कि घरसँगै उसको केके जल्यो केके । त्यसपछि ज्यान जोगाएर भाग्नुपर्‍यो उसले । जुम्ला छाड्नुपर्‍यो उसले । फेरि जुम्ला फर्कन पाइएला-नपाइएला, फेरि जलेको ठाउँमा अर्को घर बनाउन पाइएला-नपाइएला, यो सबै सुदूर भविष्यको कुरा । त्यति टाढासम्मको सोच्ने, अनुमान गर्न सक्ने हैसियत छैन उसको । ऊ त बस वर्तमानलाई बुझ्नसक्छ, त्यो पनि अलिअलि, त्यो पनि आफ्नै पाराले, त्यो पनि आफ्नै खालले ।

द्रोण र द्रुपदको बालप्रेम र….

  • by

आफू भोकै रहे पनि बालक अश्वात्थामालाई खुवाउन आमा द्रोणी कर्तव्य ठान्छिन्। घरमा केही अन्नको व्यवस्था भए पनि बालकले रूचीको वस्तु प्रायः कमै रहने गर्छ। तीन जगकाे परिवार भए पनि अभावले सताइ रहने द्रोणको झोपड़ी आज छोरा अश्वत्थामाको कोलाहलले व्याप्त छ। आमा छोरालाई फकाइ फुस्ल्याई भोजन गराउने प्रयास गरी रहेकी छन्, तर बालक अश्वत्थामा झगड़ा गरी रहेकै छ, उसको चाहना हो दूधको।

प्रतीक्षाभित्रको प्रेम उत्सर्ग

  • by

त्यस समय शायद उ त्यही आठ-नौ वर्षको थियो होला। घरमा बिहेको धुम-धाम थियो। बिहे त उसको दाजु लाक्पाको थियो। तर परोक्ष रूपमा त्यो बिहे उसको पनि थियो। उसलाई त्यो के थाहा। बिहे त दाजुको भइरहेको थियो। उसको होइन। सात भाइमा उ सबैभन्दा कान्छो। बिहे भएको हो दाजु लाक्पाको। दाजु लाक्पाको उमेर त्यही 30-को थियो। 30 वर्षको उमेरसम्म लाक्पाको बिहे किन भएन भने उनीहरूको बाबु थुब्देनलाई बिहेको क्रम रोक्नु पर्छ भन्ने ज्ञात नै कहाँ भएको थियो र जब बाबुको उमेरले पचास नाग्यो तब मात्र उसले बिहे गर्ने आफ्नो अभियान रोक्यो। उ शिथिल बनेको थियो। उसको शरीर छिया-छिया भएको थियो। 17 वटा उसले भित्र्याएको थियो। काजी थुब्देनले परम्परा र धर्मको पालन गर्नेक्रममा 17 वटी भित्र्याए छ। बाबु थाकिसकेपछि मात्र पालो आएको हो लाक्पाको। अब लाक्पाले कतै बाबुको परम्परालाई अघि त लगाउने होइन… परम्परा अनुसार तीन-चारवटी त ल्याउनु नै पर्छ। काजी परिवारको मान-सम्मानको कुरो हो।

दोस्रो दर्जाको मान्छे

  • by

रातको १० बजेको थियो, ऊ कोठामा पस्दा । यसअघि ऊ यति राती मेरो कोठामा कहिल्यै आएकी थिइन । अरू बेलाजस्तो सीधै कोठामा नछिरेर ऊ ढोकामा नै उभिइराखी ।

काल्पनिक संवाद

  • by

कमान्डर उसको सामुन्नेमा थियो । त्यसैले फौजी शैलीमा सलाम ठोक्यो । उसले टाउको मात्र हल्लायो ।
“तिमी हो अहिलेको कमान्डर -” उसले प्रश्न गर्‍यो ।
“हजुर सर †” त्यसले जवाफ दियो । “तिमीहरू कति जना छौ यहा“ काम गर्ने -” उसले प्रश्न गर्‍यो ।
“१७ जना ।” कमान्डरले जवाफ दियो ।”तिमीहरूको काम के हो -” उसले प्रश्न गर्‍यो ।
“यो अफिसको सुरक्षा गर्ने ।” कमान्डरले जवाफ दियो । “तिमीहरूले पटक्कै गरेका छैनौ । तिमीहरू तलब मात्र खान्छौ ।” उसले भन्यो ।
“त्यो त होइन हजुर †” कमान्डरले भन्यो । “किन होइन – यो अफिसको दोहोरो सुरक्षा घेरा थियो । त्यो एउटा सुरक्षाको घेरालाई बल पुर्‍याउन अर्को सुरक्षा घेरा । पहिले का“डेतार चारैतिर थियो । त्यसलाई बल पुर्‍याउन विशाल ढुङ्गाको पर्खाल । यो कुरा तिमीलाई थाहा छ कि छैन -” उसले प्रश्न गर्‍यो ।

हाम्रो आन्दोलन जारी छ …!

  • by

ऊ… त्यही हो उसको घर तर अहिले घरमा मान्छे छन् कि छैनन् म यसै भन्न सक्दिनँ । एक अधवैँशेले बाँसको झ्याङनेरीबाट हातले इसारा गर्दै एउटा फुसको छानो भएको सानो झुपडी देखाइदिएपछि जेठ महिनाको त्यो मध्यगर्मीमा पसिना पुछ्दै हामी त्यता लाग्यौँ । केही दिनअघि मात्र आएको मुसलधारे वषर्ाले बाटो बिगि्रएकाले गाडी चल्न नसक्दा लहानबाट करबि तीन घन्टाको पैदल यात्रापछि हामी त्यो गाउँमा पुगेका थियौँ । ‘मझौरा गाउँ कता पर्छ ?’ सोध्दै गाउँ पुगेपछि त्यो घरको खोजी गरएिको थियो । भित्री मधेसको प्रचण्डगर्मीले बाटैमा ढलिने हो कि झैँ भएको थियो । मेरो साथमा थिए सन्तोष र असीम त्यस क्षेत्रका सक्रिय पत्रकार । सुरुमा त लहानबाट त्यो गाउँसम्म जाने अनुमति नै दिएका थिएनन् साथीहरूले तर मेरो जिद्धीका कारण उनीहरूको केही चलेको थिएन ।

टोकियोमा सानु बुद्ध

  • by

टोकियोमा फेरि हिउं पर्नै लाग्यो । गएको वर्षन्दा धेरै छिटो जाडो आयो । धेरै छिटो रुखका पाताहरू र्झन थाले । यौटा चिसो सिरेटोले मुटु कपाउन लाग्यो ⁄ त्यहां भन्दा यहां धेरै जाडो र चिसो हिउं । त्यहां भन्दा यहां बांच्न धेरै कठिन भयो । पाल्देनलाई यस्तै केही लाग्यो । टि.भी हेर्दाहेर्दै सगरमाथा चढेका अनुहारहरूले पाल्देनलाई नराम्ररी गिज्याएझैं लाग्यो । उसले टिभी बन्द गर्यो ।

वधशालामा बुद्ध

  • by

उसलाई बन्दी बनाएर वधशालामा ल्याई पुर्‍याइयो, जहा“बाट ऊ हिजो मात्र भागेको थियो । उसलाई थाहा थियो, ऊ भाग्दाभाग्दै समातिएको खण्डमा क्रूरतापर्ूवक मारिन सक्छ । तर, यस खतराका बाबजुद ऊ वधशालाको बीभत्स र भयावह वातावरणवाट आफूलाई मुक्त गर्दै खुला आकाशको खोजीमा निरुद्देश्य हान्निएको थियो । दर्ुभाग्यवश ऊ भाग्दाभाग्दै समातिएको थियो । उसलाई पाता फर्काउ“दै वधशालामा ल्याई पुर्‍याइएको थियो, जहा“ उसले वषौर्ंैसम्म इमानदारीपर्ूवक कुशल वधिकको रूपमा आफ्नो सीप र कौशलको जादु प्रदर्शित गरेको थियो । ऊ वधशालामा वध गर्नका लागि ल्याइएका मान्छेमाथि लागेको अभियोग, तिनीहरूको रूपरङ्ग, जीउडाल र वर्गीय चरित्रबाट कसलाई कस्तो मृत्यु उपयुक्त हुन्छ भन्ने कुराको निर्ण्र्ााआफ“ै गथ्र्यो

तसबिरमा आत्मसंवाद

  • by

‘महाशय ! तपाईँ रिसाउनु भएको हो कि !’
‘रिसाउनुपर्ने प्रयोजन त देखिँदैन।
‘तपाईँलाई बोर गरेँ नि !’
‘म पराइसँग होइन आफूसँग नै रिसाउने गर्छु।’
‘अर्थात्…. आशयमा किन विरोधाभास….।’
‘म किन अरूलाई गलत मौका प्रयोग गर्न दिइरहेछु…यसरी।’ पार्श्वमा पटकपटक दोहोरिने एक पारदर्शी अनुभूति।
‘दुब्लाउनु भएछ, कस्तो सङ्कट आइपर्‍यो कुन्नि !’
एकपटक अर्थहीन स्वरले लचकदार वाक्यसित राख्‍ने झिनो शब्दसामर्थ्यमात्र।

खीर

त्यति बेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ । घटना, घटना नै भनूँ, यस्तो भएको थियोः

हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो धेरै ठाउँ र उपन्यासमा पनि धेरै नै पल्ट पढिसकेको लेखिसकेको भए पनि साँच्चै टिस्टाले बहँदै कराएको मैले धीत मारेर सुन्न पाएको थिइनँ । मध्यदिन र मध्यरातमा स्वाँ…. लामो ढाक्दो आवाज गरेर टिस्टा खोला बास्छ भनेर पनि बर्खा र हिउँदोमा त्यसको बगरतिर काम गर्न जानेहरूबाट सुनेको छु । तर कालिम्पोङ-गान्तोक जाँदा-आउँदाको हतारमा गाडीदेखि एकछिन उत्रेर पुलमा पुगेको, पानीमा मास्तिर तल्तिर हेरिपठाएको, त्यतिले टिस्टाको आवाज सुन्ने मेरो तृष्णा र भोक अतृप्त नै रहेको थियो । महान् भन्न मन लाग्ने हरियो-नीलो जलराशिको बग्दो फैलावटमाथिका सुप्तझैँ बालुवाहरूमा अनेकौँ विगतका करङहरू कोरिएर रहेको, हावाको वेगले पङ्खा लागेर वरपरका जम्मै झार-जङ्गलहरू हल्लिरहेको कल्पनाबीच टिस्टाको हररर – भित्र कतै छुट्टै छललल- को आवाज, कतै भिन्दै भुरुरुरु-हरू पनि भएको र बजेको याद आउँथ्यो… । गान्तोकबाट फर्किएको त्यस दिन त्यसै र त्यहीँ टिस्टामा मैले वास पारेको थिएँ ।