दुइटा फूल देउरालीमा साथै राख्यौं जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिंड्यौं जस्तो लाग्छ
देखेजस्तो पनि लाग्छ बोलेजस्तो पनि लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिंड्यौं जस्तो लाग्छ
जून झैं शीतलु घाम झैं पारिलो
जहाँ जाऊ तिमी,
दाइने चन्द्रमा परोस्
शान्ति
दूवो जस्तै फैलिंदै जाऊ
पाती जस्तै मल्किंदै जाऊ
वर पीपल झैं मेरो
देउरालीमा छाउन आऊ
कता लाग्यौ मेरा दिदी दाइ हो
जताततै आगो लाइरछ हो
कुन दिनको श्राप लागेछ हो
गरी खान गाह्रो भैराछ हो
भनिदेऊ भरलाग्दो दाइ
भन्देऊ माया गर्ने दिदी
आपसमा लडी के पायौ?