Skip to content

हे फूल चुँडेर लाने हो

  • by


हे फूल चुँडेर लाने हो
यहाँ माली रोएको देख्यौ कि?
खुसी मिलन मनाउने हो
यहाँ विछोड भएको देख्यौ कि?

माइतीघर र साथीसंगी
सबैलाई बिर्सी
डोली चढ्दा दुलही रुन्छिन्
घुम्टो भित्र बसी

पंछी सबै उँडेपछि
गुँड रित्तै हुन्छ
यो माटोलाई छाडी गए
देउराली यहाँ रुन्छ

शब्द – मनबहादुर मुखिया
स्वर – कुमार सुब्बा

Leave a Reply

Your email address will not be published. Required fields are marked *