Skip to content

चिनारी हाम्रो धेरै पुरानो भए झैं लाग्दछ

  • by


चिनारी हाम्रो धेरै पुरानो रहे झैं लाग्दछ
नदेखे पनि भेट कतै सधैं भए झैं लाग्दछ

शीतल दिन्छौ पवन भएर मिरमिरे याममा
मायालु न्यानो स्पर्ष दिन्छौ किरणको रुपमा
झनझन बस संगीत तिम्रो हरेक सुन्छु म
आशाको दियो आफैं नै बल्छ अँध्यारो कुनामा

हजार खोजें त्यो रुप हेर्न पाउँदै पाइन
मायाले छुने आँखा नखोजे समाउनै सकिन
भनिदेऊ आज को हौ तिमी मैले त जानिन
बिरंगी रुप हेरेर आउने तिमीलाई चिनिन

शब्द – नगेन्द्र थापा
स्वर – नारायण गोपाल
संगीत – कर्म योञ्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *