Skip to content

गजल (गीत)

जुरेन दिदी तिहारको टिका यसपाली निधारमा

यसपाली पनि आएन भनी नरुनु तिहारमा,
जुरेन दिदी तिहारको टिका यसपाली निधारमा !

परदेशको ठाऊँ सकिन आउन बुझाउनु त्यो मन,
मिलेछ भने ल्याऔला ख़ुशी अर्कोसाल मुहारमा !

उनी

उनी:
मख्खै पार्ने बोली उनको लाठठै पार्ने हासो
दिए हुन्थ्यो जोबन उनले मानी मलाई नासो|

लागने हुन्की आँखा उनलाई शहरबजार घुम्दा खेरी
एक्लै कतै देखे पनि लाग्छ मलाई चासो|

लामालामा केशरासी

लामालामा केशरासी सर्सिएर लुक्नखोज्दा
गाजलु ति नयेन तिम्रो तर्सिएर लुक्नखोज्दा

सरसर हावा बहिरहयो दुपटाले दाउ हेर्यो
छरपस्ट अंग छोड्यो घर्सिएर लुक्नखोज्दा

साँचेर कति राखु

साँचेर कती राखु मालाबुन्ने फूल मैले
दाँजेर कती बसु तिम्रो मेरो भुल मैले

खल्तीमा तस्बीर राखी कती मन्दिर धाउँ
पाउँ तिमी भनि कती चढाउँ त्रिशुल मैले
दाँजेर कती बसु तिम्रो मेरो भुल मैले

बिम्ति! हजुर मलाई पनि दास बनाई देऊन

तिम्रो मनको घडेरीमा बास बनाई देऊन
बिम्ति! हजुर मलाई पनि दास बनाई देऊन

भोगचलन गर तिमी नामसारी गर ‘लाक्पा”को
नमकिन मेरो जीवनलाई मि’ठास बनाई देऊन
बिम्ति! हजुर मलाई पनि दास बनाई देऊन……

यो दिल

यो दिल रमाए हुन्थ्यो दशैं आयो यो सालपनि
मनमा खुसि उमंग भर्दै फूलले गायो यो सालपनि

दियालो बाली कुर्दिहून आमा आउला कि छोरो भनि
सुक्सुकाउदै भन्दिहुन ऋणै ऋण लायो यो सालपनि

आयो रे भन्छन दशैं

आयो रे भन्छन दशैं त्येसैले रमाइदिउकि म
बिर्सेर पिंडा खाएर खुसि अघाइदिउकि म

हुदैन रुन भनेर भन्छु झन मन कुँडियो
नज़रको ज्योति कसिलोपारि बगाइदिउकि म
बिर्सेर पिंडा खाएर खुसि अघाइदिउकि म

गजल

तिमीले माफी दिन्छ्यौ भनी कुर्दा कुर्दै थाकिसकें ।
पश्चातापको आगोले आफैं भित्र पाकिसकें

तिम्रो मनलाई दुखाउने मेरो कुनै चाहा थिएन
दुखेको मन निको होस भन्दै देउतासित भाकिसकें

हिजो राती सपनीमा

हिजो राती सपनीमा झल्किएर आइन उनी
मिलनको कल्पनामा पल्किएर आइन उनी

रैछ मनमा रातैभरी अंग अंग छुने मेरा
यौवनाको रंग आफै भल्किएर आइन उनी

नसकेर सहन त्यो तातो हावा मुटुभरी

कल्पनामै विलाई गए

कल्पनामै विलाई गए छालहरू जिन्दगीका
मुटु चिरी हासीरहे हालहरु जिन्दगीका

सिर्जनाका फूलहरु नफुलेरै ओइली गए
अन्येउलमै बिते चौबिस सालहरु जिन्दगीका

रोपियो झिरमा अनि आगोको रापमा बल्यो

पाएदेखि साथतिम्रो

पाएदेखि साथतिम्रो भा’छ के नै पाए जस्तो
दुइदिन भा’छ देख्यामात्र बर्षौ माया लाए जस्तो

हजारौ मा चुन्येउ अरे सपनीमा चुम्येउ अरे
लजाएर आखातर्छौ गर्छौ कसम खाए जस्तो

दागबत्ती दिन पाइन

न त केही पाई गयौ न त केही लिई गयौ
जिउँदो भए मेरा स्वामी मैसँग त रुन्थ्यौ होला

नाम लिई बोलाउने मनको चाह मन नै रह्यो
कर्म रैछ सिसा जस्तो फुटेको त सुन्थ्यौ होला

कलकलाउदो यो जवानी

जीवनभरि तिम्रो नाम बुन्दा बुन्दै मर्छु बरु
कलकलाउँदो यो जवानी थुन्दा थुन्दै मर्छु बरु

चन्द्रमाको मुस्कान सरी हाँसीहाँसी बोलिदिन्छौ
बाचुन्जेल तिम्रो नाम गुन्दा गुन्दै मर्छु बरु

धेरै मायां लाउदा-लाउंदा

धेरै मायां लाउदा-लाउंदा मैलिएर फाट्यो नी
वाचा कसम खांदा-खांदा पखला पो लाग्यो नी ।

तन्,मन्,धनको सत्ता सुम्पिदिए उनीलाई
गुणको बदला मुखमै आई तिनले पादयो नी ।

नेता

अहाँ कस्तो राम्रो कुरा, देशको विकाश गर्छु रे
नेता साहै असल हुन, देशकै लागी मर्छु रे ।

भन्छन उनी गाँउलाई, सहर बनाई दिन्छु
योजना सफल भएन भने, गाँउबाटै सर्छु रे ।

आँसुको पोखरीमा

आँसुको पोखरीमा खिउँदै गलेर बाँचेको छु
गम भुलाउन नसा पिउँदै ढलेर बाँचेको छु

जीवन यो यात्रा भन्छन त्यसैले हिंडिरहेछु
आँसुको वर्षा यहाँ हिउँदै छलेर बाँचेको छु

सारंगीको धुन सुनी

रमाएर जीवन भरी माया कसी बाँचिदेउ
सारंगीको धुन सुनी छेउमा बसी नांचिदेउ

खुसीमा नै बित्न पाउन बचेका यी भोलीहरु
चन्द्रमाको मुस्कान संग दिलमा पसी हांसिदेउ