Skip to content

हिजो राती सपनीमा झल्किएर आइन उनी
मिलनको कल्पनामा पल्किएर आइन उनी

रैछ मनमा रातैभरी अंग अंग छुने मेरा
यौवनाको रंग आफै भल्किएर आइन उनी

नसकेर सहन त्यो तातो हावा मुटुभरी
चाहानाको आगो मनमा सल्किएर आइन उनी

सताएर निन्दरीमै अंगालोमा कस्न नपाइ
सुनसानमा एक्लो छाती बल्किएर आइन उनी

इशाराले आँखा जुधाई तल्लो ओठ टोकी टोकी
सुनै सुनको गहनामा टल्किएर आइन उनी

-मनोज काफ्ले ‘मनसुन
कुवैत

2 thoughts on “हिजो राती सपनीमा”

  1. मनोज जि,
    गजल लेखनमा निरन्तर

    मनोज जि,
    गजल लेखनमा निरन्तर रुपले लागि पर्नु भएको छ,
    शब्दहरुको छनौट सधैं उत्कृष्ट पाएँ । तर शब्दहरु जती चोटिला छन्, सम्योजन पक्ष त्यत्ती कशिलो लागेन । अन्यथा नमानी यस पक्षमा ध्यान दिनु भयो भने अबश्य पनि गजल अझै उत्कृष्ट बन्ने थियो ।

    तपाईको हरेक गजल पढ्दा मैले अनुभब गरेको कुरा लेखेँ, अन्यथा नमान्नु होला।

    निर्मला थापा,

    1. निर्मला जी हजुर प्रयास त
      निर्मला जी हजुर प्रयास त गरेकै छु अझपनि हजुरले भनेजस्तो सम्योजन पक्ष लाइ कसिलो बनाउने कोसिस गर्नेछु
      मेरा कमी कमजोरी हरुलाई नियालेर मलाइ हमेशा अगी बढ्ने प्रोत्शाहान दिनुहोला धन्याबाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *