यो दिल रमाए हुन्थ्यो दशैं आयो यो सालपनि
मनमा खुसि उमंग भर्दै फूलले गायो यो सालपनि
दियालो बाली कुर्दिहून आमा आउला कि छोरो भनि
सुक्सुकाउदै भन्दिहुन ऋणै ऋण लायो यो सालपनि
मनमा खुसि उमंग भर्दै फूलले गायो यो सालपनि
फूलपाती भेट्ने अस्टमी नाच्ने बाचाथियो साथीसंगको
पाइन छुट्टी सकिन जान अन्धारो छायो यो सालपनि
मनमा खुसि उमंग भर्दै फूलले गायो यो सालपनि
कुरेर बस्छु भन्दथिन सानी टिकाको दिन सम्मपनि
बुनेको सपना आए झैँ हुरी उडायो यो सालपनि
मनमा खुसि उमंग भर्दै फूलले गायो यो सालपनि
यो दिल रमाए हुन्थ्यो दशैं आयो यो सालपनि
मनमा खुसि उमंग भर्दै फूलले गायो यो सालपनि
मनोज काफ्ले ‘मनसुन
कुवैत
manojmansun@yahoo.com
बिजया दशमीको पावन दिन मा हजुरलाई पनि सुभकामना छ