Skip to content


आँसुको पोखरीमा खिउँदै गलेर बाँचेको छु
गम भुलाउन नसा पिउँदै ढलेर बाँचेको छु

जीवन यो यात्रा भन्छन त्यसैले हिंडिरहेछु
आँसुको वर्षा यहाँ हिउँदै छलेर बाँचेको छु

वियोगमा रसाएका नयनहरूलाई सोध
आगोको रापमा जिउँदै बलेर बाँचेको छु

कमजोर भाग्य असफल संघर्ष भो
फलेका चोटहरू सिउँदै चलेर बाँचेको छु

आँसुको पोखरीमा खिउँदै गलेर बाँचेको छु
गम भुलाउन नसा पिउँदै ढलेर बाँचेको छु

– मनोज काफ्ले ‘मनसुन
कुवैत
manojmansun@yahoo.com

4 thoughts on “आँसुको पोखरीमा”

  1. वाह मनोजजी!
    अरूलाई कस्तो

    वाह मनोजजी!

    अरूलाई कस्तो लाग्यो मलाई चैं भाव तथा शब्द चयन एकदम ससक्त लाग्यो। लेख्तै जानुहोला।

    — कुमार

  2. धन्याबाद कुमार जी तपाइँ को
    धन्याबाद कुमार जी तपाइँ को यो कमेन्ट ले मेरो मन मा

    अझ लम्केर अगाडी बढ्न प्रोत्शाहान गर्यो

    फेरी धन्याबाद अनि यसै प्रोत्शाहान गरि पाईरहू हजुरबाट………..

  3. मनोज जि अती उत्कृष्ट लाग्यो
    मनोज जि अती उत्कृष्ट लाग्यो मलाई पनि तपाईंको यो गजल..! अघिल्ला तपाईंका एक दुई गजलहरु त्यती सार्ह्रै जमेका जस्तो लागेको थिएन मलाई ……….. तर फेरी बहार ल्याउनुभयो धेरै राम्रो गजल…..यो क्रम निरन्तर चलिरहोस्….

    वियोगमा रसाएका नयनहरूलाई सोध
    आगोको रापमा जिउँदै बलेर बाँचेको छु

    1. Thanx अनुभव जी
      म कोसिस

      Thanx अनुभव जी
      म कोसिस गर्नेछु

      प्रोत्सहान को लागी आभारी छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *