उनी:
मख्खै पार्ने बोली उनको लाठठै पार्ने हासो
दिए हुन्थ्यो जोबन उनले मानी मलाई नासो|

लागने हुन्की आँखा उनलाई शहरबजार घुम्दा खेरी
एक्लै कतै देखे पनि लाग्छ मलाई चासो|

सोध्दा खेरी हुन्छ भन्ने मानने फेरी होइन
ढिलो गरेपनि डरै थाप्लान भन्ने पासो|

उस्तै चंचल हेराई उनको कसिला ति के के
जहां जसलाई भेटेपनि लिन्छन उनकै चासो|

गार्हो उस्तै सार्हो पर्यो उनको मन जीतन मलाई
छोडीदिउकी लाग्छ कहिले गर्नु कति उनकै चासो|
मख्खै पार्ने बोली उनको लाठठै पार्ने हासो
दिए हुन्थ्यो जोबन उनले मानी मलाई नासो|

२००९-अक्टूबर-८ सिडनी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *