जीवनभरि तिम्रो नाम बुन्दा बुन्दै मर्छु बरु
कलकलाउँदो यो जवानी थुन्दा थुन्दै मर्छु बरु
चन्द्रमाको मुस्कान सरी हाँसीहाँसी बोलिदिन्छौ
बाचुन्जेल तिम्रो नाम गुन्दा गुन्दै मर्छु बरु
निदरीमा सताउने कल्पनामा झल्किदिने
सुहागरातको फूलको माला उन्दा उन्दै मर्छु बरु
मिठो मुस्कान दन्ते लहर लजालु ती नयनहरू
कलेजीमा तिम्रो माया तुन्दा तुन्दै मर्छु बरु
एकान्तमा तिम्रै सामु पोखाएर चाहाना यी
किन लाग्छ तिम्रो बोली सुन्दा सुन्दै मर्छु बरु
मनोज काफ्ले ‘मनसुन’
आँधिखोला स्यांग्जा
हाल: कुवैत

मनोज जि,
गजलको भाब र लेखनको
मनोज जि,
गजलको भाब र लेखनको प्रयासलाई नराम्रो भन्न मिल्दैन ।
निर्मला थापा,
प्रयास राम्रो छ तर मेरो बिचार
प्रयास राम्रो छ तर मेरो बिचार मा पछील्लो गजल जत्तिको जम्न सकेन बिषयबस्तुमा…कता कता त्यस्तो लाग्यो मलाई….गजल नियम मा नै छ तर अली कम दमदार भए जस्तो लाग्यो
तर यो शेर चाँही सार्ह्रै मन पर्यो…
एकान्तमा तिम्रै सामु पोखाएर चाहाना यी
किन लाग्छ तिम्रो बोली सुन्दा सुन्दै मर्छु बरु
Thanks
Nirmala ji Ani
Thanks
Nirmala ji Ani Anubhav ji
Aauda dinharuma Yeti ramaailo kosheli haru dinechhu khusile haseko hasei hunu hune6
Man paaunu bho Thanx Thanx … Prayaas jari rahi rahane6