नेपाली हो नाम मेरो पौरखी छ काम मेरो
निधारमा रहेछ है गरिबीको डाम मेरो
नियुक्ती त हुनै थियो सरुवा भो ठाम मेरो
पखाली दुर्गुनहरु सुशान्त छ गाम मेरो
पाएँ त किन्छु भन्छौ रे कति तिर्छौ दाम मेरो
सुमार्ग को बाटो छाडी गल्ली भित्र नपसौ है
देश को लागी केही गरौ अल्छी गरी नबसौ है
हिमाल रोयो पहाड रोयो तराइ पनि रोएको छ
धेरै पुत्र होइन देश लाई एउटै सपुत चाहिएको छ