गजल (गीत)
लोडसेडिङ्ले देशैभरि अन्धकारमा छन् जनता
लोडसेडिङ्ले देशैभरि अन्धकारमा छन् जनता
मैनबत्ति बाल्नलाइ हतारमा छन् जनता
जताततै हाहाकार छ पेट्रोल अनि डिजलको
लाइनमा बस्दा बस्दा दिक्दारमा छन् जनता
जुन सरकार आएपनि बढाउंछ मुल्य मात्रै
एक पछि अर्को गर्दै महंगीको मारमा छन् जनता
सभासद र मन्त्रीबाटै अपहरित हुन्छन् मानिस
ठूलाबडा शासकहरुको अत्याचारमा छन् जनता
गरिबहरुको हालत बिग्रंदैछ झन् झन्
गाउं गाउंमा भोकमोरीको सङ्घारमा छन् जनता
न त बन्यो संबिधान न त आयो शान्ति
अब त अति भयो आन्दोलन्को सुरसारमा छन् जनता
मरेपछि पनि मेरो माया यु’गिन हुनेछ!
मरेपछि पनि मेरो माया यु’गिन हुनेछ!
तिम्ले कहिल्है तिर्न नसक्ने रिन हुनेछ!!
तिमी छौ र त हरेक पल हाँसेको छु
तिमीबिना यो मुटु धड्कन वि’हीन हुनेछ!!
साथ छौ र त बाँच्नुको अर्थ छ यहाँ
वियोगमा प्राण माटोमुनी बि’लीन हुनेछ!!
निश्चित छ हामी एकदिन छुट्टीनुपर्छ
र त्यो मेरो जिवनको अन्तिम दिन हुनेछ!!
मरेपछि पनि मेरो माया यु’गिन हुनेछ!
तिम्ले कहिल्है तिर्न नसक्ने रिन हुनेछ!!
परेली मै संगालेर
परेली मै संगालेर आसुँ मैले थुनी रहें ।
चोखो माया अंगालेर फाटेको मन तुनी रहें ।।
आफूलाई बिर्सिएर मात्र चाहें तिम्रो खुशी
तिमी नै हो जिबन भनी तिमीलाई चुनी रहें ।।
थाहा छैन तिम्रो मनमा बस्न सफल छु कि छैन
पागल प्रेमी बनी आज माया जाल बुनी रहें ।।
कुन्नी के भो तिम्रो सामु नौनी सरी पग्ली सकें
झनै मिठो बोली सुन्दा लठ्ठिएर सुनी रहें ।।
सक्दिन म हटाउन मेरो मनको कुनाबाट
हर पल हर क्षण तिम्रै नाम गुनी हरें ।।
भिम बस्नेत
दोहा कतार
फेरी त्यो दिन. by Dev…
फेरी त्यो दिन, फेरी त्यो रात … 2
भुल्न खोज्छु समय एक साथ
बाचा झुठो दियोउ मलाई
फेरी पनि आइ रहन्छ सम्झना तिम्रै
एक्लो छु म, तिमी बिन
तै पनि सतौंछ सधैं
फेरी त्यो दिन, फेरी त्यो रात … 2
भुल्न खोज्छु समय एक साथ
बाचा झुठो दियोउ मलाई
फेरी पनि आयि रहन्छ सम्झना तिम्रै
एक्लो छु म, तिमी बिन
तै पनि सतौंछ सधैं
आँखा खोली रहुँ, या आँखा चिम्ली रहुँ
सम्झना उस्तै छ गहिरो
मर्न खोजी हेरुँ, या जिउन खोजी हेरुँ
बिर्सन तिमीलाई सकिन
बद्लीयो दिन, बद्लीयो रात … 2
आउँदैन मन कसैको साथ
बाचा झुठो दियोउ मलाई
फेरी पनि एयी रहन्छ सम्झना तिम्रै
एक्लो छु म, तिमी बिन
तै पनि सतौंछ सधैं
मनका बेदना।।
यो नेपालि पास्पोट उचालि बिदेश तिर लम्कियो।
हन्डर खाइ दु:ख पाइ बिदेश देखि चम्कियो।।
जता-ततै बालुवै बाल्लुवा हरियालि देखेन।
नेपालिको जिन्दगिमा शुख कहिले लेखेन।।
५५डिर्गिको घाम सहदै मिठा-मिठा सप्ना बुन्दै।
दिन बिताउछ नेपालिले बिदेशिको गालि शुन्दै।।
जन्मभुमि छोडि हिड्यो गरिबि र अशान्तिले जरो गाड्दा।
मुटुभित्र ज्वाला छुट्छ नेपालिलाइ हिन्दु भनि घिर्णा गर्दा।।
कति बस्ने योखाडिमा अब हामि स्वदेश फर्कौ नेपाल आमा गर्छिन सलामि।
कुटो खनौ हलो जोतौ स्वदेशमै बगाउँ पसिना बिदेशिको नगरौ गुलामि।।
गोबिन्द प्रसाद न्यौपाने”पाल्पालि ठिटो”
जल्पा ५ पाल्पा नेपाल
हाल: के.एस्.ए.मरुभुमि।

झन्डावाल गाडी छाडी डन्डावाल गाडीभित्र पस्नुपर्यो आज
के चाहिन्छ सोधी हेरें, सिफन सारी किन्छु भनिन् ।
सहमतिको यात्रामा त्यो अन्तिम भेट थियो ।