चलचित्रका गीत
दिवा सपना
ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु |
कल्पनाहरुलाई सजाएर म चुर्लुमै डुबेछु |
ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु |
सपनाका ति महलहर धेरै ठुलो बनाएछु |
भताभुङ्ग हुदा महलहरु संग-संगै भत्किएछु |
ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु |
मृग नयनी आँखाबाट आँसुका थोपा बर्सिं दिंदा |
म त लक्ष्य बिहिन भै परिवर्तन भैसकेछु |
ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु |
प्रिय पाठक ब्रिन्द
यो पहिले नै प्रकाशित गीत हो त्यसैले यसको जानकारी गराइएको छ।
स्वर अनि शब्द-मीना बान्तवा
सङ्गीतकार्-हस्त परीयार
म्युजिक एरेन्जर-श्याम सुनुवार
दोभान स्टुडियो
चलचित्र-“जन्म दिन”
मीना बान्तवा
मैना ए मैना
मैना ए मैना तेरो कोही पनि आफ्नो छैन
तँलाई मान्छेले पिँजडामा थुनिराखेको
मैना ए मैना तेरो आफ्नै जीवन छैन
तँलाई जिन्दगीको जन्जीरले बाँधिराखेको
उड्ने रहर कति होला तँ चरीलाई वन
कति छाती पोल्दो होला कति रोला मन
मिर्मिरेको शीतको थोपा झुल्ले घामको ऐना
एक्लै रुन लेख्या रे’छ कठै तँलाई मैना
कुन्जिएर बस्नु पर्ने कस्तो तेरो कर्म
मनमनमा गुम्स्यो होला तेरो मनको मर्म
बुझ्ने कसले तेरो पीडा वनकी प्यारी चरी
कसले भन्ला संसारमा तँलाई कठैबरी
शब्द: डा. भोला रिजाल
स्वर: उदितनारायण झा
संगीत: सम्भुजित बासकोटा
