माछा पानीमा पौडिए सरी
नसोध जीवनमा कति खाइयो
पिउनु त छँदैछ जसरी पनि
तर कुनै न कुनै बहाना चाहियो

बरालिएको यो ज्यान मान्दैन केही गरी
साँझ पर्दा नपर्दै आँत जल्छ हरहरी
उसले मलाई धोका दिई
छिया छिया भएको मन सिउनै पर्यो
मौसम पनि खराब छ
यस्तोमा त अलिकति पिउनै पर्यो

किरिया हाल्यो भोलि पल्ट उही मति
जिन्दगीको रफ्तार यही हो यही गति
दुई दिनको जिन्दगानी
जस्तो तस्तो हाँसेर जिउनै पर्यो
एक्लै त व्यवस्था गरियो भने
जमघटमा त झन पिउनै पर्यो

जति नै खायो खाऊँ खाऊँ लाग्ने
कान्छी मट्याङ् मट्याङ्
लाग्यो हामीलाई रोग
कान्छी मट्याङ् मट्याङ्

शब्द – यादव खरेल
स्वर – रामकृष्ण ढकाल
संगीत – सम्भुजित बासकोटा
चलचित्र – जाली रूमाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *