सारंगीको धुनले भन्छ मेरो मनले
अब नाचिदेऊ छम छम छम
तिम्रै सपनीले तिम्रै मोहनीले
मलाई बाँध्यो नि झन झन झन
भन्न लाज लाग्छ बोलिदे न फूल
लुकाएका इच्छा खोलिदे न दिल
ढुकढुकी सुन न मलाई चिन न
ए मेरो हजुर!
तिम्रो छेउ सधैं निदाउन पाऊँ
केही चाहिंदैन तिम्रै हुन पाऊँ
मायालु चुनेको बरमाला उनेको
ए बुझें हजुर!
हरियाली सारा फिका जस्तो लाग्छ
तिमी मेरो सिंदुरटिका जस्तो लाग्छ
छनछनी यो चुरा बोल्दछ के कुरा
ए बुझ हजुर!
शब्द – किरण खरेल
स्वर – उदितनारायण झा, साधना सरगम
संगीत – सम्भुजित बाँसकोटा
चलचित्र – सारंगी
