मायाको बारीमा प्रीतिको फूल
संगाली राखेको कुसुमे रुमाल
बैंशालू मनले मेरो सपना सजाएछ
मुटु मेरो सानो माया ठुलै पालेछ
पहाडको आँशु बोकी खोला बगे जस्तो
मायालुको आँशु बोक्ने कुसुमे रुमाल
लाहुरे दाइले बिदा लिए सानो रेलमा चढेर
कान्छी नानी रुन्छिन सम्झना कोसेली लिएर
भाग्य भए भेटौँला बिदामा अर्को साल
नभए सम्झना कुसुमे रुमाल
शब्द, संगीत – रनजीत गजमेर
स्वर – उदित नारायण झा, दीपा झा
चलचित्र – कुसुमे रुमाल
