Skip to content

चलचित्रका गीत

शिरैमा शिरबन्दी कानैमा मेरो झुम्का

शिरैमा शिरबन्दी कानैमा मेरो झुम्का,
नाकैमा फूली मेरो आँखैमा गाजल
मै नाँच्छु छमछमी बजाइदेऊ न मादल

मायाका बादल

मायाका बादल छरिएर आज हेर्दा हेर्दै आकाशमा
ती सम्झनाका बादल फेरि आँखाबाट झरेर जालान्
भोलि पानी परेर जालान् साँचेका माया मरेर जालान्

कम्मरमाथि पटुकी

कम्मरमाथि पटुकी, पटुकीमाथि घैला
घैलामा कुवाको पानी
पानी खाने निहुँ पारी धाउँछन् कति बेइमानी
मै प्यारी हो कि रेशम मेरो जवानी