सूचना/समाचार/बहस
साहित्यकार गीता खत्रीको नयाँ पुस्तक अन्त्यहीन इच्छा बजारमा
अमेरिकाको न्यू योर्कमा बस्दै आएकी साहित्यकार तथा अन्तर राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)कि केन्द्रीय पूर्व अध्यक्ष गीता खत्रीको नयाँ पुस्तक अन्त्यहीन इच्छा बजारमा आएको छ ।
हालसालै प्रकाशित उक्त पुस्तक अमेरिकामा उनले प्राप्त गरिसकेकी छिन् । उनको यो नयाँ पुस्तक छैठौ पुस्तक हो । साझा प्रकाशनद्वारा प्रकशित उक्त पुस्तक कथाहरुको संग्रह हो ।
‘भूकम्पपछिको साहित्यको धार’ विषयक अनुसन्धान कार्यशाला
किताब लेख्नकै लागि एउटा विश्व चर्चित र गम्भीर लेखक नेपालका जिल्ला जिल्ला गएर अनुसन्धान गर्छन्भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ तर यस्तै एउटा रमाइलो कार्यक्रम हालै मन्थलीमा सम्पन्न भएको छ । न सभापति, न स्वागत् भाषण न अतिथि केही पनि औपचारिकता नदिइकनै एउटा प्रोडक्टिभ साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमले अनुसन्धान र अनुभूति बाँड्ने मौका सहभागी सबैलाई दिएको छ । समाचार हो –३ नं. प्रदेश, रामेछाप जिल्लास्थित मन्थली नगरको ।
‘साउथ एसिया सेक्सन स्कुल अफ ल्याङ्ग्वेजेज्, कल्चर एण्ड लिङ्ग्विष्टिक अफ नेपाली एण्ड हिमालयन स्टडी’, लण्डनका प्रा.डा.माइकल हट सहभागी भएको ‘भूकम्प पछिको साहित्यको धार’ विषयक बौद्धिक कार्यशाला हालै मन्थलीमा सम्पन्न भयो ।
जिन्दगी हो आँसु हाँसो
साँच्चिकै मान्छेको जिन्दगी भन्नू नै आँसु र हाँसो हो कहिले रुनुपर्ने कहिले हाँसो छाउने मान्छेको जिन्दगीमा सधैंभरि एक समान कहिल्यै नहुने यस्तै रहेछ । जसरी रातपछि सूर्य मुस्कुराउँछ अनि जब सन्ध्या सुरु हुन्छ चन्द्र र ताराहरू मुस्कुराउँदै चम्किलो बन्छ र आकाश गंगामा चन्द्र र ताराहरू नै शक्तिशाली बन्छन् । यो संसारको भनौं या आकाश गंगाको खेल मान्छेको जिन्दगीमा बाँचून्जेल सधैं देख्न सकिन्छ । आकाश गंगाको अलग्गै, जति पनि जीव छन् संसारमा सबको अलगअलग र मान्छेको अलग्गै व्यथा र कथा हुन्छ यस्तै कथा, व्यथा समेटिएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
चौथो जगदीश घिमिरे स्मृति सभा सम्पन्न
नेपाली आख्यान साहित्यका धरोहर तथा चर्चित साहित्यकार जगदीश घिमिरेको सम्झनामा गएको हप्ता मन्थलीमा ‘जगदीश घिमिरे प्रतिष्ठान’ को आयोजनामा विविध कार्यक्रमका बीच एक भव्य साहित्यिक कार्यक्रम सम्पन्न भयो ।
प्रतिष्ठानका अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा राजधानीबाट आएका विभिन्न विधाका चर्चित, स्थापित र स्वनामधन्य दुई दर्जन साहित्यकारहरुको समेत सक्रिय उपस्थिति रहेको थियो ।
अमेरिकामा मालती मङ्गलेका नायक प्राज्ञ हरिबहादुर थापा सम्मानित
अमेरिकाको कोलोराडोमा गत डिसेम्बर २३ तारिख, २०१७मा मालती मंगलेका नायक तथा वरिष्ट वरिष्ट रंगकर्मी हरिबहादुर थापालाई सम्मान गरिएको छ । अमेरिका पुगेको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले वरिष्ठ रंगकर्मी, अभिनेता, निर्देशक, तथा संगीत नाट्य प्रतिष्ठानका पूर्व प्राज्ञ हरिबहादुर थापालाई सम्मान गरेको हो ।

विमल भौकाजीसँग छलफल
‘जीवन समाप्त नभएसम्म जिन्दगीको दौडमा धेरै चीज छुटिरहन्छन् ।’
‘बाँच्न जाने जीवन भनेको उत्सव रहेछ ।’
‘धार्मिक क्षेत्र, कला–संस्कृतिमा पनि विकृति छ । सही, सत्य हुनु भनेको आजको समाजको नकारात्मक पक्ष भएको छ । जो धूर्त छ, जो पाखण्डी छ, जो बेइमान् छ, जो दूराचारी छ, जो भ्रष्टाचारी छ उही नै इज्जतदार कहलाइन्छ । सायद यसैको लहैलहैमा साहित्य क्षेत्र पनि अनुसरित छ ।’
– विमल भौकाजी, लेखक/सम्पादक
नेपालगञ्जमा सुनिए कवि नवराज पराजुली
कवि नवराज पराजुलीको नेपालगञ्जमा कविता कन्सर्ट सम्पन्न भएको छ । नेपाली साहित्य परिवार महेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा गरेको कार्यक्रममा पराजुलीले ५ वटा कविता वाचन गरेर सुनाए ।
करिब १ घण्टाभन्दा बढी समय उनले आफ्ना शसक्त कविताहरू वाचन गरे । पराजुलीले च्याउ, सगरमाथाको गहिराइ, ह्याब्बी बढ्डे, कविता वाचन गर्दा दर्शकहरू कति धेरै पटक भावुक बने । उनले खोया र मैझारोको कविताले प्रेमलाई छोएर संयोग र वियोगको प्रसङ्गलाई उठाएका थिए ।

बत्तीस प्रश्न : कवि महेश प्रसाईंलाई
१) जीवनको करिबकरिब उत्तरार्धतिर पुग्नै लाग्दा भोगाइ, प्राप्ति र पीडाका विम्बमिश्रित ‘लेन्स’हरूले सुदूर बाल्यवस्थालाई हेर्दा कस्तो देखिँदो हो, तपाईंका आँखाबाट ?
– बाल्य जीवनका सुमधुर स्मृतिहरू अलौकिक आनन्दमा रुपान्तरण हुँदा रहेछन् । मीठो र अमूल्य वस्तु खोसिएको अनुभव हुँदो रहेछ । भोगाइ भन्ने सन्दर्भचाहिँ उकाली र ओह्राली गरिरहने निरन्तरको एउटा प्रकृया हो जो दोछायाँ बनेर प्रकट भइरहन्छ, जीवनको दसगजामा । कहिले प्राची, कहिले गोधूली, दुवै प्रकारको अनुभूति फरकफरक कालखण्डमा प्रकट भइरहँदा एकप्रकारले दर्दमय सुख प्राप्त हुने रहेछ ।
अमेरिकामा स्व. कविताराम श्रेष्ठको सम्झनामा श्रद्धाञ्जलीसभा
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा स्व. कविताराम श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ l नेपाली साहित्यका वरिष्ठ साधक स्व. कविताराम श्रेष्ठको निधनमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानले एक श्रद्धाञ्जली सभाको आयोजना गर्यो । सर्वप्रथम दिवँगत श्रेष्ठको तस्वीरमा पुष्पार्पण गरेपछि एक मिनेट मौन धारण गरिएको थियो ।

ग्रेट फल्स उपन्यास अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित
झोला चलचित्रका लेखक तथा साहित्यकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित भएको छ l धरावासीले खुशी व्यक्त गर्दै अनेसासलाई धन्यवाद दिएका छन् l अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्यका विविध विधामा लेखिएका उत्कृष्ट पुस्तकहरुलाई प्रदान गर्ने गरेको अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१७ को नतिजा छापा विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको छ ।
अमेरिकामा मदनकृष्ण श्रेष्ठको “महको म” पुस्तक विमोचित
अमेरिकामा वरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको जीवनी सम्बन्धी लेखिएको “महको म “पुस्तक विमोचित भएको छ । अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई स्थापना गर्ने उद्देश्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवमा उक्त पुस्तक विमोचन गरियो ।

कवितामा जेष्ठ नागरिक
महान पर्व दशैंको अव्सर पारेर आरम्भ साहित्य स्रिङ्गखलाले “कवितामा जेष्ठ नागरिक” शिर्षकमा काव्य सभा गर्यो ।
युवा कवि देखी जेष्ठ कविबरसम्मको जमघटमा सबै कविले परिवर्तनशील नेपाली समाजमा जेष्ठ नागरिक प्रतिको उदासीनताप्रति ब्यङ्ग्य गर्दै सामाजिक जनचेतना जगाउने खालका गीत, गजल, मुक्तक र कविताहरू पस्केका थिए ।
मझेरी भलाकुसारी, अंक २२ (पेशल आचार्य)
‘धेरै जसो लेखकहरू डबल स्टेण्डर जीवन बाँच्छन् ।’
मैले जे लेखेँ त्यो अन्तर्मनका आदेशमा लेखेको छु । म भित्रको लेखकले यो लेख भन्छ, लेख्छु । त्यो नलेख भन्छ लेख्दिनँ ।
बोली नभएका, विविध हिसाबले ठगिएका, पछि पारिएका र निमुखाका पक्षमा कलम चलाउने हो –एउटा जिम्मेवार लेखकले ।

