सूचना/समाचार/बहस
चितवनमा हरिभक्त कटुवालको ३८औं स्मृति दिवस सम्पन्न
कविडाँडा साहित्य समाज, चितवनको आयोजनामा हरिभक्त कटुवालको ३८औं स्मृति दिवसको अवसरमा अनि हरिभक्त फर्किएनन् नामक वृत्तचित्र प्रदर्शन र उनका रचना पाठ सम्पन्न गरियो ।
भरतपुरमा अवस्थित होटल ग्लोवलमा आयोजित कार्यक्रममा स्रष्टाहरू सरिता तिवारी, सुरेन्द्र अस्तफल, बालकृष्ण थपलिया, सरला जोशी, चेतराज रेग्मी, रामकृष्ण अनायास र विजय विजयले उनका कविता पाठ गर्नुभएको थियो ।
प्रथम दुई दिने बृहत रामेछाप संस्कृति, कला तथा साहित्य सम्मेलन सम्पन्न
यही २०७५ भाद्र ८ र ९ गते रामेछापको मन्थलीमा प्रथम २ दिने ‘बृहत् रामेछाप संस्कृति, कला तथा साहित्य सम्मेलन –२०७५’ एक भव्य समारोहबीच सम्पन्न भयो ।
सम्मेलनको पहिलो दिन ८ गते विभिन्न जात जातिहरूको मौलिक झाँकी प्रदर्शन, कलाका विभिन्न क्षेत्रमा जिल्लाभित्र क्रियाशील कवि, लेखक, कलाकार, चित्रकार, गायक र मूर्तिकारहरूलाई सम्मान वितरण, कवि धन योञ्जनको ‘एकल कविता वाचन’ आयोजना भएको थियो भने भोलिपल्ट ९ गते बहुभाषिक साहित्य सम्मेलन, ‘कला, साहित्य र संस्कृतिको विकासमा स्थानीय तहको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम समेत आयोजना भयो ।
अमेरिकामा ‘महको म’ पुस्तक विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अमेरिकामा ‘महको म’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथामा तयार पारिएको ‘महको म’ विषयक अन्तरक्रिया कार्यक्रम मेरिल्याण्ड राज्यको जर्मन टाउन नामक शहरमा सम्पन्न भएको हो |
गत अगस्त ४ तारिख शनिबार २०१८ मेरिल्याण्ड राज्यमा बरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठसँग चर्चित पत्रकार प्रेम बानियाले उनको ‘महको म’ विषयमा अन्तरक्रिया गरेका थिए ।
स्रष्टा संवार्ता : मनोज बोगटी
नेपाली साहित्यमा भारतीय नेपाली साहित्यकारहरूको निकै लामो र ऐतिहासिक महत्वको योगदान रही आएको छ । अहिलेका भारतीय नेपाली साहित्यमा कालिम्पोङमा रहेर निकै क्रियाशील रूपमा कविता कर्ममा लागेर कलम चलाइरहेका कविहरूमा मनोज बोगटी उम्दा कविहरूमा पर्दछन् । सन् १९७९मा दार्जिलिङमा जन्मेका कवि बोगटीका आधा दर्जन कविता संग्रह प्रकाशित छन् । कविताकै लागि भारतीय अकादमी पुरस्कार समेत विजेता कवि बोगटीसँग साहित्यकार पेशल आचार्यले गर्नुभएको साहित्यिक महत् एवम् रागात्मक भलाकुसारीको सार ।
समयको पाइला–ध्वनि सुनेर आफूलाई हरेक बिहान अपडेट गरिराख्ने मनप्रसाद सुब्बा
१) अहिलेका आफ्ना छोराछोरीको बाल्यकाल र आफ्नो बाल्यकालमा केही समानता वा असमानता छन् कि बताइदिनुहोस् न ?
मप्रसु – थोरै समानता र धेरै असमानताहरू छन् । मेरा आमा–बाबु निरक्षरप्रायः अनि पारम्परिक सोचका थिए र उनीहरूले खेती–किसानी तथा बनीबुतो गरेरै हामीलाई बढाउने–पढाउने काम गरे । मेरा छोराछोरीका आमा–बाबाहरू आधुनिक तथा समकालीन सोच राख्ने भएकाले उनीहरूको बाल्यकालमा त्यै अनुरूप प्रभाव पर्नु स्वाभाविक हो ।
रामकुमार पाँडे र प्रकाश माइलाको ‘हजार हाइकु’ विमोचित
हाइकुकारद्वय रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’को संयुक्त हाइकुसङ्ग्रह ‘हजार हाइकु’ विमोचित भएको छ ।
गत असार २० गते बुधबारमा काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गीतकार रत्नशमशेर थापा, प्रा डा खगेन्द्रप्रसाद लुइटेल, दामोदर पुडासैनी र महेश पौडेलले संयुक्त रुपमा कृतिको विमोचन गरे । दर्जनौ हाइजिनहरुको उपस्थितिको भव्य समारोहको बीच कार्यक्रम सम्पन्न भएको थियो ।

पाठक जहिले पनि फरकपन र दमदार साहित्य चाहन्छ – शीतल गिरी
नेपाली लोकवार्ता नेपालको सातौँ राष्ट्रिय सम्मेलन २०७४ साल असोज २२ गतेदेखि २९ गतेसम्म कपिलवस्तुको तौलिहवा, रूपन्देहीको बुटवल र नवलपरासीको त्रिवेणीधाममा आयोजना हुँदैछ । त्यहाँ प्रस्तुत गर्नको लागि “लोक विश्वासमा टुनामुना–मोहनी” विषयक कार्यपत्र तयार पारेँ । अब नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभागको अनुसन्धान “साङ्ख्य दर्शनदेखि सत्यहाङ्मापन्थसम्म: एक विहङ्गावलोकन” को अन्तिम खण्ड “जोसमनी सन्त–परम्परादेखि सत्यहामापन्थसम्म”मा जुटेको छु । संभवत अर्को वर्ष एउटा निबन्धसङ्ग्रह पनि पाठकमाझ ल्याउने विचार बनाएको हुँदा त्यसमा पनि समय दिँदैछु ।
मझेरी भलाकुसारी, अंक २३ (अजित क्षेत्री)
सिर्जना, कल्पना र भावनाको फुलबारी हो साहित्य । आफू बसिरहेका परिवेस, घर, समाज र समय अनुसारकै साहित्य लेखन गर्न सकियो भने मात्रै लेखन सफल हुन्छ ।
नेपालमा यातायातमाभन्दा बढी साहित्य र यसको बजारमा सिन्डिकेट छ ।
सामान्य शैलीको सानो किताब हुँ म जसले जसरी पढे पनि हुन्छ जसरी बुझे पनि हुन्छ ।
अमरको निर्दोष आँखा सार्वजनिक
अन्जु पन्त, रिमा गुरुङ होडा, शिव परियार, मिलन अमात्य, शिखा भारती त कहिले मेलिना राई, लगायतका तीन दर्जनभन्दा बढी गायक/गायिकाहरूले अमरको रचनाको गीतहरूमा सुन्दरभन्दा सुन्दर आवाज समेत दिइसकेका छन् भने अहिले “निर्दोष यी आँखालाई आँसुले कति धोएँ, कसम तोडी जानेलाई भूल्न धेरै रोएँ” बोलको गीत बानिका प्रधानको स्वर, अविदको संगीत रहेको अमरको शब्द रहेको यो गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ ।
न्यू-योर्कमा कविता वाचन तथा अन्त्यहीन इच्छाको लोर्कापण
शनिवार, फेब्रुअरी २४, २०१८का दिन न्यू-योर्कस्थित ज्याक्सन हाइटस् हिमालयन याकमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टरले अनेसास बोर्ड अफ ट्रष्टी उपाध्यक्ष तथा वरिष्ठ साहित्यकार गीता खत्रीको साझा प्रकाशनबाट प्रकाशित छैठौं पुस्तक कृति अन्त्यहीन इच्छा कथासंग्रहको लोर्कापण कार्यक्रम तथा कविता बाचन कार्यक्रमको आयोजना गरेको थियो ।



