Skip to content

कवितामा जेष्ठ नागरिक


महान पर्व दशैंको अव्सर पारेर आरम्भ साहित्य स्रिङ्गखलाले “कवितामा जेष्ठ नागरिक” शिर्षकमा काव्य सभा गर्यो ।

युवा कवि देखी जेष्ठ कविबरसम्मको जमघटमा सबै कविले परिवर्तनशील नेपाली समाजमा जेष्ठ नागरिक प्रतिको उदासीनताप्रति ब्यङ्ग्य गर्दै सामाजिक जनचेतना जगाउने खालका गीत, गजल, मुक्तक र कविताहरू पस्केका थिए ।

प्रेम वली ढकलपुरेको अध्यक्षता भएको उक्त कार्यक्रम जेष्ठ नागरिक तथा ब्यङ्ग्य कवि चट्याङ मास्टरले कविता वाचनबाट कार्यक्रमको उदघाटन गरेका थिए ।

अन्य कविहरुले ६० वर्ष पुगेपछि मान्छे पुन बालापनतिर जाने रमाइला प्रस्तुति दिए भने कसैले लोभ लाग्दो बुढ्यौलीमा जान मन लाकेको कुरा कवितामा व्यक्त गरे ।

बुढा बुढी, परिवारका गहना हुन, हामीले उहाँहरुलाई सम्मान गर्न जान्नु पर्ने कुरामा कविता व्यक्त भइरहेका बेला स्रोताहरुले आरम्भका अन्य कार्यक्रमभन्दा यो काव्य सभा, पृथक र रोजक लागेको कुरा सुनाउदै थिए ।

उक्त कार्यक्रममा चट्याङ मास्टर, प्रेम ओली ढकलपुरे, रुद्र अधिकारी, पुन्य आचार्य, जीवराज बुढाथोकी, बुद्धि मुक्तान, लक्ष्मी प्रसाइ, राजन न्यौपाने, बलराम सापकोटा, केरा अर्याल, उदय दास, दामोदर नेपाल, अभागी मानन्धर, भूवन शिवाकोटी, टेक बहादुर कोइराला, सिता प्याकुरेल, प्रभाकर पाण्डे, डिल्ली प्रसाद मुलतियून, प्रेम राई परिक्षित, उर्मिला पन्त, अमृता प्याकुरेल, मुकुन्द न्यौपाने, नरनारायण बत्स, कल्पना काफ्ले, बिनोद खत्री, नबिन तिमील्सिना, बद्री शर्मा, भावना पराजुली, शम्भु घिमिरे, लगायत तीन दर्जान कविहरुले कविता सुनाएका थिए भने सो कार्यक्रममा दशै शुभ कामना आदान प्रदान पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *