साँच्चिकै मान्छेको जिन्दगी भन्नू नै आँसु र हाँसो हो कहिले रुनुपर्ने कहिले हाँसो छाउने मान्छेको जिन्दगीमा सधैंभरि एक समान कहिल्यै नहुने यस्तै रहेछ । जसरी रातपछि सूर्य मुस्कुराउँछ अनि जब सन्ध्या सुरु हुन्छ चन्द्र र ताराहरू मुस्कुराउँदै चम्किलो बन्छ र आकाश गंगामा चन्द्र र ताराहरू नै शक्तिशाली बन्छन् । यो संसारको भनौं या आकाश गंगाको खेल मान्छेको जिन्दगीमा बाँचून्जेल सधैं देख्न सकिन्छ । आकाश गंगाको अलग्गै, जति पनि जीव छन् संसारमा सबको अलगअलग र मान्छेको अलग्गै व्यथा र कथा हुन्छ यस्तै कथा, व्यथा समेटिएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
जिन्दगीको बारेमा लेखिएको सुखदुःख, मान्छेका जिन्दगीमा घट्ने घटना आदि समेटिएको गीत “जिन्दगी हो आँसु हाँसो” नेपाल हुँदै हाल अमेरिकामा बस्दै आएकी गायिका रिमा गुरुङ होडाको सुन्दर सुमधुर आवाजमा सजिएको संगीतकार अविदको संगीतमा कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को रचनाको यस गीतले यथार्थमा जिन्दगीको बारेमा बोल्न खोज्दै छ ।
बिझाउने मनका घाउ सबै फ्याँक्नु पर्ने अनि बाँच्न सकिने हुन्छ भने चाहनामा खुशी हुनेहरू सधैं बाँच्न चाहन्छ ।
सुखमा न मातिएर दु:खमा न आतिएर वेदनाले मुटु पोल्दा मन दह्रो पार्नुपर्ने कुरा बताउँछ र जिन्दगीमा सुखदु:खसँग लड्नु पर्ने जिन्दगीका कथा बेग्लै दु:ख बेग्लै मान्छे अनुसार दैवको खेल बेग्लै हुन्छ । मान्छे मान्छेले गर्ने व्यवहारका विषयमा गर्ने कुराहरू समेत समेटिएको माया प्रेमभन्दा फरक गीत दर्शक स्रोता माझ नयाँ ढंगबाट पस्किएको छ ।
राइजिङ्ग क्रियटिभ मिडियाको प्रस्तुति यस गीतमा सुरज बस्नेत, प्रतीक्षा र नृत्य जगतमा छुट्टै पहिचान बनाइसकेकी रुबिना श्रेष्ठको नयाँ एवं दर्शक स्रोताले पत्याउनै नसक्ने सुन्दर र मार्मिक अभिनय रहेको गीतको म्युजिक भिडियो प्रदिप खड्काको निर्देशनमा तयार भएको छ ।