Skip to content

आरम्भमा गाइजात्रा २०७४


काठमान्डौ, आरम्भ साहित्य मन्चले गाइजात्राको अवसर पारेर आफ्नो पाचौ वार्षिक उत्स्वब भव्य रुपमा सम्पन्न गर्यो ।

आरम्भका अध्य्क्ष प्रेम ओली “ढकालपुरे”को अध्यक्षता भएको उक्त कार्यक्रमका प्रमुख अतिथि डा तुलसी भट्टराई हुनु हुन्थ्यो भने चट्याङ मास्टर, ज्ञानु वाकर विशेष अतिथि रहनु भएको थियो ।

कार्यक्रममा कविहरुले राजनीति, नेता, सामाजिक ब्रिकृति, भ्रष्टाचार विषयबस्तुमाथि व्यङ्ग्यबाण चलाएका थिए भने मायाप्रीतिमा पनि रमिला गीत गजल प्रस्तुत गरेका थिए । कसैले तीज गीतमा पनि व्यङ्ग्य गर्न भ्याएका थिए ।

चट्याङ मास्टर, ज्ञानु वाकर, प्रेम ओली ढकालपुरे, पुन्य आचार्य, केरा अर्याल, डिल्ली प्रसाद मुलत्युन, रुद्र अधिकारी, उदय दास, गोपाल नेपाल, विजय विश्वास, रघु अधिकारी, द्वारिका कुइकेल, देवीप्रसाद सापकोटा, ऋचा, भूवन सिवाकोटी, अभी ओली, राधा कार्की, डा बिदुर वस्ती, पुष्पा खनाल, शशी थापा, सुमन घिमिरे वर्षा, बिमला अधिकारी, मुकुन्द न्यौपाने लगायत कविहरुको जोडदार गाई गाई जात्रे प्रस्तुतिले गरेर दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।

कार्यक्रममा कालीप्रसाद पोखरेल, दमोदर नेपाल र घट्टेकुलो विकास समाजलाई सम्मान प्रमाण-पत्र समेत प्रदान गरिएको थियो ।

आरम्भका अध्यक्षले त्यस कार्यक्रमलाई विशेष सहयोग पुराउने कवि प्रविण भन्डारीलाई धन्यवाद प्रकट गरेका थिए । संस्थाका संस्थापक सदस्य रघुनाथ अधिकारीले स्वागत मन्तव्य दिएका थिए भने कवि विजय विश्वासले कार्यक्रम सन्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *