सबै भन्छन् प्रगतिका सम्भावना धेरै हुन्छन्
मेरै मात्र जिन्दगीमा दुर्घटना धेरै हुन्छन्
भ्रष्टचारी गुण्डालाई शिरमाथि राख्छन् किन?
राम्रै काम गर्दा मैले आलोचना धेरै हुन्छन्
जुन बस्तिमा पापीहरू साधु भेष लगाउँछन्
बुझें त्यहीं पुजा पाठ आराधना धेरै हुन्छन्
‘शत्रु भन्दा मित्रसँग बचाऊ मलाई भगवान’
अंगालेर छुरी धस्ने आफ्नोपना धेरै हुन्छन्
‘घायल’भै दुनियाँको भित्री कुरा बुझ्न पाएँ
त्यसैले त मनै छुने यि सिर्जना धेरै हुन्छन्
गुप्तेश्वर-३,रामेछाप
हालःअबुधाबी,युएई
