Skip to content

जागौं उठौं सङ्घर्षमा पीडित भै बस्नु हुन्न


जागौं उठौं सङ्घर्षमा पीडित भै बस्नु हुन्न
यो समाजमा हामी सधैँ दलित भै बस्नु हुन्न

छुवाछुत भेदभाव कलंक हो मानवतामा
भाग्य सम्झी भित्रभित्रै कुण्ठित भै बस्नु हुन्न

चिनारी हो सिप हाम्रो कर्म गर्ने जाँगर छ
संकुचित घेराभित्र सीमित भै बस्नु हुन्न

शिक्षा स्वस्थ समानता नैसर्गिक हक हाम्रो
अस्तित्वको लडाइँमा थकित भै बस्नु हुन्न

मित्र शक्ति शत्रु को हो ? चिनौं युग बदल्नुछ
रुढिवादी व्यवस्थामा हर्षित भै बस्नु हुन्न

गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *