Skip to content

आजसम्मकै सबैभन्दा लामो लयमा गजल


लय: ४+४/४+४/४+४//४+४/४+४/४+४=४८
प्रत्येक ८ अक्षरमा अर्धबिश्राम २४ अक्षरमा मध्ये बिश्राम लिएर वाचन गर्न सकिन्छ ….!!

दुखेपनि भित्रभित्रै पीडा सही बाँधें मन तड्पी तड्पी हाँसें झन घात गरी फेरि किन जानी जानी मलाई यो चोट माथि चोट थप्छौ
हाँस्ने खेल्ने जवानीमा खुशी भयो डुब्दो नाउ दोधारैमा कहाँ जाउँ झनै बढी दुख्ने ठाउँ छानी छानी मलाई यो चोट माथि चोट थप्छौ

कस्तो धोका दियौ यहाँ कोइलिको गीत रोयो मेरो चोखो प्रीत रोयो मैले रुँदा मुर्छा हुँदा जुनेलीको शित रोयो कस्ले बुझ्न सक्छ होला
जिन्दगी खै यस्तो लाग्छ बाँचें कि म भुलगरी छातीभरी शुल परी भएकोछु मुल सरी पानी पानी मलाई यो चोट माथि चोट थप्छौ

तिम्रो माया बुझिंन खै अनाडिको खेल थ्यो कि ठुलै जाल झेल थ्यो कि मेरो खुशी जलाउँने दाउरा र तेल थ्यो कि विरहमा रातभरि
त्यै मायाले आज धेरै नखेली भो हार यस्तो बोझिलो छ भार जस्तो वचनको धार कस्तो हानी हानी मलाई यो चोट माथि चोट थप्छौ

मैले दु:ख भोगे पनि स्वर्ग जस्तो घर होस दु:ख दर्द पर होस परेवा झैं जोडी बनी आपसमा भर होस कामना छ यही मेरो
यो दुखिको किन चिन्ता तिमी आफ्नै बाटो रोज जाऊ राम्रो कोही खोज अँझै किन ठुलो बोझ मानी मानी मलाई यो चोट माथि चोट थप्छौ

म मरेको दिन तिमी चुरा पोते लगाउँनु हेर्न पनि नआउँनु अब बाटो खुल्यो भनी खसी काटी पकाउँनु खुशी हुनु धेरै खुशी
‘घायल’ छु बाँकी छ है मेरो प्राण केही घरी फर्किंदैन कसै गरी किन यस्तो मरी मरी तानी तानी मलाई यो चोट माथि चोट थप्छौ

गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई

तलको लिंकमा गएर पनि यो गज़ल वाचन गर्न सक्नु हुनेछ
https://www.facebook.com/ghayalme/notes

Leave a Reply

Your email address will not be published. Required fields are marked *