Skip to content

यति बुझौं समय फरक छ


यति बुझौं समय फरक छ
र मान्छेका हृदय फरक छ

हिजो बेच्थे आज बेचिन्छौं
हाम्रै क्रय बिक्रय फरक छ

किन भन्छौ लक्ष्य एकै हो
बाँच्नु पर्ने बिषय फरक छ

जिन्दगीको भाव उस्तै छन्
तर धुन र लय फरक छ

तिमी मार्छौ म बचाउँछु
हेर आफै निर्णय फरक छ ।

गुप्तेश्वर-३, रामेछाप
हाल:अलऐन,युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *