Skip to content

हामीलाई छोडेर कहाँ गयौ दिदी


हामीलाई छोडेर कहाँ गयौ दिदी
किन यति धेरै टाढा भयौ दिदी

बाबा आमा अझै तड्पिएर रुन्छन्
भाई बैनी सँधै झोक्रिएका हुन्छन्
हाम्रो हाँसो खुशी सँगै लग्यौ दिदी
किन यति धेरै टाढा भयौ दिदी

तिम्रो याद अनि फोटो छ निशानी
फेरि पनि भिज्छ हररात सिरानी
स्वर्गमा दुनियाँ आफै रच्यौ दिदी
किन यति धेरै टाढा भयौ दिदी

हामीबाट केही गल्ती पो भयो कि
या त तिम्रै भोग त्यति नै थियो कि
कसरी मृत्युको पीडा सह्यौ दिदी
किन यति धेरै टाढा भयौ दिदी

गुप्तेश्वर-३, रामेछाप
हालःअबुधाबी, युएई

4 thoughts on “हामीलाई छोडेर कहाँ गयौ दिदी”

  1. दिदीप्रति मझेरीको
    दिदीप्रति मझेरीको श्रद्धान्जली !

  2. दिदीमा मेरो पनि हार्दिक
    दिदीमा मेरो पनि हार्दिक श्रद्धासुमन ।

  3. श्रद्धा सुमन । मेरो तर्फबाट
    श्रद्धा सुमन । मेरो तर्फबाट पनि ।

  4. हार्दिक धन्यवाद !
    यो गीत मैले नेपाली मुलका भुटानी मित्र तुलशी जी (जो हाल युएसमा हुनु हुन्छ) को अनुरोधमा लेखेको हुँ र उहाँको दिदी प्रति मेरो पनि हार्दिक श्रद्धाञ्जली …. ! प्रतिकृया दिनु हुने सबैलाई हार्दिक धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *